भुटानी तीब्र आर्थिक विकासको थ्योरीः मान्छेको खुसी, मान्छेद्धारा, मान्छेकै लागि




काठमाडौं । सन् १९६० को दशकसम्म दक्षिण एसियाली राष्ट्र भुटानमा टेलिफोन, एयरर्पोट, अस्पताल, हुलाक सुबिधा र राष्ट्रिय मुद्रा समेत थिएनन् ।

तर, आज भुटान एसियाकै तीब्र आर्थिक बृद्धि गर्ने मुलुक बनेको छ ।

एसियन डेभलप्मेन्ट आउटलुक रिर्पोट २०१७ ले भुटानको अर्थतन्त्र सन् २०१७ मा ८.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ, जुन सन् २०१८ सम्म पुग्दा ९.९ पुग्ने अनुमान छ ।

अझ महत्वपूर्ण कुरा के हो भने भुटानले हरित उर्जामा केन्द्रित भई आफ्नो अर्थतन्त्रको निमार्ण गरेको हो । यसले जलबायु परिवर्तनको असरहरुसँग जुध्न धेरै मद्दत पुगेको छ ।

पानीको शक्ति

यो अधिराज्य बिश्वकै ठूलो जलबिद्युत निर्यातकर्ता हो । र, हरित उर्जा निर्यात गर्ने यस ब्यवसायमा भुटान भर्खरै प्रवेश गरेको हो । कुल ३० हजार मेगावाट जलबिद्युत क्षमता भएको भुटानले हालसम्म ५ प्रतिशत मात्र बिकास गरेको छ ।

सन् २०१७ को आर्थिक बृद्धि बढ्दो जलबिद्युत प्लान्टको निमार्णमा आधारित हुनेछ, जसलाई सन् २०१८ मा बढ्ने जलबिद्युत उत्पादनले अझै पूर्ण बनाउँछ ।

भुटानका लागि तीब्र आर्थिक बृद्धिको बाटोमा लम्कनु अस्वभाविक जस्तै लाग्दथ्यो । केहीले ‘रियल साङ्ग्रीला’ भनेर ‘रोमान्टिसाइज’ गरेका भुटानले शताब्दीयौं देखि आर्थिक बृद्धि भन्दा ब्यक्तिगत खुसीलाई पहिलो प्राथमिकतामा राख्दै आएको थियो ।

मान्छेको खुसी, मान्छेद्धारा, मान्छेकै लागि

भुटानको सन् १७२९ को एक कानूनी प्रावधानले भन्छ, ‘सरकारको काम भनेकै मानिसहरुलाई खुसी बनाउनु हो । यदि सकारले मानिसहरुलाई खुसी तुल्याउन सक्दैन भने सरकार अस्तित्वमा रहनुको कुनै अर्थ छैन’

पछिल्ला बर्षहरुमा भुटानी सरकारले त्यस दर्शनलाई अझै बिकसित गरेको छ । र, सोही अनुरुप फगत आर्थिक बृद्धिमा मात्र केन्द्रित नभएर जनतालाई खुसीको संचार गराउन मद्दत पुग्ने नीतिहरुको विकास गरेको छ । यहि प्रयास स्वरुप ‘कुल राष्ट्रिय खुसी’ जस्ता सूचकको मापन गर्ने साहसीक प्रयोग गरेको छ ।

‘कुल राष्ट्रिय खुसी’ को खाजी अहिले पनि भुटानमा कायम छ । र, यसलाई अझ पूर्ण बनाउन आर्थिक बृद्धि तीब्र बनाउने र त्यसको सकारात्मक प्रभाव समाजमा बिस्तार गर्ने कार्यक्रमहरु तीब्र रुपमा संचालनमा छन् । उदाहरणको लागि, निर्यात गर्ने हेतुले निर्माण गरिएका ठूला जलबिद्युत आयोजनाहरु नजिकका गा्रमीण भेगमा उर्जा प्रवाह गर्नका लागि पनि प्रयोग गरिएका छन् ।

बिकासशील एसिया, बिश्वब्यापी आर्थिक वृद्धिको मेरुडण्ड

भुटान बिश्वब्यापी आर्थिक बृद्धिको नेतृत्व गरिरहेको एसियाको उदाउँदो उर्थतन्त्र हो । हाल एसियाका बिकासशील राष्ट्रहरुले बिश्व जिडिपिमा ६० प्रतिशत योगदान पुर्याइरहेका छन् ।

एसियाका बिकासशील राष्ट्रहरुले औद्योगिक अर्थतन्त्रहरु धराशायी हर कमजोरु हुँदा पनि राम्रो प्रर्दशन गरिरहेका छन् । एसियन डेभलप्मेन्ट आउटलुक २०१७ ले सन् २०१७ र २०१८ मा एसियाका बिकासशील राष्ट्रहरुको आर्थिक बृद्धि ५.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

एसियाका पावरहाउस अर्थतन्त्रहरुले यसको नेतृत्व गरिरहेका छन् । जन गणतन्त्र चीन र भारतले बाह्य माग, उपभोग्य बस्तुहरुको मुल्य बृद्धि र आन्तरिक नीतिगत सुधारका साथ क्रमशः ६.५ र ७.४ प्रतिशतको आर्थिक बृद्धि गर्ने अनुमान गरिएको छ ।

अधिकांश दक्षिणपूर्वी अर्थतन्त्रहरुले तिब्र आर्थिक बृद्धि गर्ने अनुमान गर्न सकिन्छ । कृषिका लागि चाहिने अनुकुल मौसम र ठूला औद्योगिक अर्थतन्त्रहरुमा बढ्दै गरेको निर्यातका कारण यस क्षेत्रले पनि सन् २०१७ मा ४.८ प्रतिशत र सन् २०१८ मा ५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण छ ।


पुष्प दुलाल