एक अर्बको लगानीमा बुटवलमा खुल्यो नयाँ चाउचाउ उद्योग, निर्यात गर्ने लक्ष्य



रुपन्देही । एक अर्ब रुपैयाँ लगानीमा चाउचाउ उद्योगको संचालनमा आएको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिकास्थित मधौलियमा यशोदा फुड्स प्रालिले चाउचाउ र चिजबल्स उत्पादन सुरु गरेको छ ।

उक्त उद्योगबाट लाली, करेन्ट र जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको जनाएको छ । उक्त उद्योगबाट आठ घन्टामा १० टन चाउचाउ उत्पादन हुने गरेको उद्योग सञ्चालक चुन्नुप्रसाद पोडेलले जानकारी दिए ।

सोे उद्योगमा प्रत्यक्ष रुपमा ३५० जना र अप्रत्यक्ष रुपमा एक हजार २२५ जनाले रोजगारी पाएका छन् । स्वदेशी तथा भारत, चीन र सिङ्गापुरबाट कच्चा पदार्थ मगाएर चाउचाउ उत्पादन थालिएको उद्योगले जनाएको छ ।

कम्पनीले आफ्ना उत्पादन सार्क राष्ट्रसहित खाडीमुलुकमा समेत निर्यात गर्ने जनाएको छ ।

उद्योगीहरु चुन्न पौडेल, कमल पालपानी र ऋषि भण्डारीको संयुक्त लगानीमा सो उद्योग स्थापना भएको हो ।

नेपालमा अहिलेसम्म १४ वटा चाउचाउ उद्योग स्थापना भएकोमा हाल सात वटा उद्योग मात्र सञ्चालनमा छन् ।


क्लिकमान्डु