माथिल्लो मनाङमा ५ करोड लगानीको होटल



 काठमाडौं । माथिल्लो मनाङमा नयाँ होटल निर्माण भएको छ । मनाङको ङावल गाउँमा ५ करोड रुपैयाँको लगानीमा ङावल माउन्टेन होम नामक होटल आगामी सेप्टेम्बरदेखि सञ्चालनमा आउने छ।

स्थानीय व्यवसायी मुखियायन लामाको लगानीमा होटल सञ्चालनमा ल्याउन लागिएको हो ।

जिल्लाको नेस्याङ गाउँपालिकालाई पर्यटनको हव बनाउने उद्देश्यले होलट निर्माण गरिएको लामाले जानकारी दिए ।

होटलले म्युजियमको समेत निर्माण गरेको छ । जहाँ स्थानीय कला–संस्कृति झल्कने पुरातात्विक वस्तुहरु राखिने उनले बताए ।

होटमा अर्गानिक खानेकुराहरु मात्रै पाक्जे लामाले बताए ।

२० वर्षसम्म काठमाडौको ठमेलमा होटेल चलाएर ङावल फर्किएका लामाले गाउँमा पर्यटनको विकास गर्नका लागि गाउँ फर्केर होटल खोलेको बताए ।

३६ सय ७५ मिटर उचाइमा रहेको यो होटेलमा कुल ३० वटा स्तरीय कोठाहरू रहेका छन् । लामाका अनुसार तीमध्ये ८ वटा डिल्कस, एउटा सुपर डिलक्स रहेका छन् ।


पुष्प दुलाल