एक १०५ र १०४ वर्षीय वृद्धद्वारा मतदान




गोरखा । गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् भने गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले मतदान गरेका छन् ।

पौडेलले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिए ।

प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गर्नुभएको हो ।

दुबै जनाले आ आफ्नो केन्द्रमा पहिलो मतदान गरेका थिए ।


क्लिकमान्डु