निर्वाचन सम्पन्न, आज रातीबाटै मतगणना हुने



काठमाडौं । पहिलो चरणको स्थानिय निर्वाचनको लागि निर्वाचन अयोगले मतदान गर्ने तोकेको ५ बजेको समय समाप्त भएको छ ।

यस बिचमा राजनीतिक दलका नेता, कार्यकर्ता र सर्बसाधारणले उत्साह पुर्बक मतदानमा भाग लिएका छन् । निर्वाचन आयोगको आधिकारीक अँकडा नआए पनि ७०/७५ प्रतिशत भोटिङ भएको अनुमान गरिएको छ ।

आजको मतदानमा केहि ठाँउ बाहेक अन्य सबै ठाँउमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगले ११ बुँदे निर्देशिका जारिगर्दै आज रातिबाटै मत गणना हुने जानाएको छ ।


क्लिकमान्डु