ललितपुरमा उम्मेदवार नभएपनि गाईमा जानुपर्ने मत सूर्यमा



सांकेतिक तस्बिर

ललितपुर । ललितपुर महानगरपालिकामा उम्मेद्वार नभएपनि उपमेयरमा सुर्य चिन्नमा मत खसेको छ । ललितपुरमा नेकपा एमाले र राप्रपाबीच तालमेल थियो । जस अनुसार मेयरमा राप्रपाले सहयोग गर्ने र एमालेले उपमेयरमा सहयोग गर्ने सहमति थियो ।

अहिलेसम्म आएको मतपरिणाम अनुसार सुर्य चिन्नमा १ सय १६ मत खसेको छ । एमाले सहयोग गर्ने भनेको राप्रपाका बाबुलाल प्रधानलाई ६३ मत आएको छ ।
ललितपुरको महानगरको प्रमुखमा भने अहिलेसम्म कांग्रेसले अग्रता लिएको छ ।

ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा छन् ।   नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा माओवादी केन्द्र का दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।


क्लिकमान्डु