बिहानी सत्रमा नेप्सेमा निर्वाचनको प्रभाव देखिएपनि अन्यमा प्रभावहिन




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थानीय निर्वाचनको दोस्रो दिन अन्योलमा देखिएको छ । बिहानी सत्रमा १६ अंकसम्मको वृद्धि हासिल गरेको नेप्से कारोबार बन्द हुँदा ०.६५ अंक बढेको छ । कारोबार बन्द हुँदा नेप्से १६५९.२३ अंकमा अडेको छ ।

देश स्थानीय निर्वाचन मय भएको अवस्थामा ६७ करोड ५५ लाख ३८ रुपैयाँको कारोबार भएको छ । १ सय ३९ कम्पनीका ११ लाख ३१ हजार कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार बैंकिङ समुह २.६४, होटल समुह १४.९५, वित्तिय समुह २.६७, बीमा समुह ८.६५ र उत्पादन मुलक समुह २५.३ अंकले बढेका छन् ।

विकास बैंक समुह ०.६८, जल विद्युत समुह २.२१, अन्य समुह ११.५७ अंकले घटेका छन् ।

आज बोत्तल नेपाल (तराई), प्रोगेसिफ फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताहरुले क्रमस ९.९८, ९.८६ र ८.०६ प्रतिशतले कमाएका छन् ।

रिद्धी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स प्रमोटर सेयरका लगानीकर्ताले ९.९५ र ७.६६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल