सरकारी लगानीका अधिकांश कम्पनी विग्रदा पनि राबा बैंकले गर्यो प्रगति




काठमाडौं । सरकारी स्वमित्वको राष्ट्रिय बाणिज्य बैंकलृे चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २८.११ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ ।

गत बर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६१ करोड रुपैंयाँ खुद नाफा गरेको बैंकले यस बर्ष २.०७ अर्ब रुपैंयाँ खुद नाफा गरेको छ ।

बैंकले ब्याज आम्दानी पनि गत बर्षको ३ अर्ब ७३ करोड रुपैंयाँबाट यो बर्ष ४ अर्ब ६७ करोड रुपैंयाँ पुर्याएको छ ।

बैंकले निक्षेप संकलन र कर्जा परिचालन पनि क्रमशः ४.०६ प्रतिशत र २७.८४ प्रतिशतले बढाएको छ । निक्षेप भन्दा कर्जा परिचालन अत्याधिक बढाएका कारण बैंकको कर्जा निक्षेप अनुपात पनि गत बर्षको ५७.५२ प्रतिशतबाट बढेर ६९.८४ प्रतिशत पुगेको छ ।

बैंकले खराब कर्जा पनि ३.५२ प्रतिशतबाट घटाएर २.७० प्रतिशतमा ल्याएको छ ।

८ अर्ब ५८ करोड रुपैंयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी ३२.२४ रुपैंयाँ छ । तर यो बैंकको सेयरधनी सरकार र सरकारी कम्पनी मात्रै हुन् । सर्बसाधारणले लगानी गर्न पाएका छैनन् ।

राष्ट्रिय बाणिज्य बैंक मात्र नेपालको एउटा बैंक हो जसले सर्वसाधारणलाई सेयर जारी गरेको छैन । बिभिन्न समयमा यस बिषयमा कुरा उठ्ने गरेको भए पनि सरकारले ठोस रुपमा सेयर जारी गर्ने वा नगर्ने भन्ने निर्णय अझै लिएको छैन ।

ब्यवस्थापिका संसदबाट हालै पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा पूर्ण सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थाले सर्बसाधारणलाई सेयर जारी नगर्दा पनि हुने ब्यवस्था गरिएको छ । यसअघिको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा बैंकहरुले कम्तिमा पनि ३० प्रतिशत सेयर सर्बसाधारणलाई दिनै पर्ने ब्यवस्था हुँदा पनि नटेरेको बाणिज्य बैंकले अब झन के गर्ला भन्ने प्रश्न बाँकी छ ।


क्लिकमान्डु