स्ट्याण्डर्ड चार्टर्डको एफपिओ सुचिकृत, अर्काे सातादेखि कारोबार हुने




काठमाडौं । स्ट्यान्र्डड चार्टर्डले एफपिओमा बिक्री गरेको २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । एफपिओ सेयरको कारोबार अर्को हप्ताबाट शुरु हुने नेप्सेले जानकारी दिएको छ ।

बैंकले १०० रुपैंयाँ फेस भ्याल्युमा ११ सय ९० रुपैंयाँ प्रिमियम थपेर एफपिओ बिक्री गरेको थियो । राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब रुपैंयाँ चुक्ता पूँजी पुर्याउनका लागि बैंकले एफपिओ बिक्री गरको हो । प्रिमियमबाट आउने पैसालाई बैंकले बोनस सेयर बितरण गरी ८ अर्ब पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

एफपिओमा १४० कित्तासम्म आवेदन दिनेले १० कित्ताको दरले सेयर पाएका थिए भने त्यो भन्दा बढि आवेदन दिनेले ६.३८ प्रतिशतको दरले सेयर पाएका थिए ।


क्लिकमान्डु