सनराइजको हकप्रद जेठ १६ देखि



काठमाडौं । सनराइज बैंकले आगामी जेठ १६ गते देखि ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैकले हालको चुक्ता पूँजीको ३० प्रतिशतको हिसाबले १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता सेयर बिक्री गर्न लागेको हो । आवेदन आगामी असार १९ गतेसम्म खुल्ला रहनेछ ।

बैंकले ३० प्रतिशत हकप्रदका लागि गत बैशाख ३० गते दर्ता किताब बन्द गरेको थियो । यसको मतलब बैंशाख २९ गतेसम्म बैंकका सेयर खरिद गरेकाहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटलल हकप्रद निष्काशनको ब्यवस्थापन गर्नेछ । ३० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूँजी हालको ५ अर्ब ४५ करोडबाट ७ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । इच्छुक लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय र सनराइज बैंकका सबै शाखाहरुबाट आवेदन फारम लिन सक्नेछन् ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८५ करोड ७९ लाख रुपैंयाँ खुद नाफा गरको छ ।


क्लिकमान्डु