नेप्सेमा दोहोरो अंकको गिरावट, ५० कारोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ९.९९ अंकले घटेको हो । १६५९.२३ अंकबाट दिनको सुरुवात गरेको नेप्से १६४९.२४ अंकमा अडेको छ ।

मंगलबार १ सय ४० कम्पनीका २८ लाख २१ हजार कित्ता सेयर किन बेच भएको छ । ५० करोड ४९ लाख रुपैयाको कारोबार भएको छ । उक्त कारोबार अघिल्लो दिनको तुल्नामा १७ करोड रुपैयाँले कम हो ।

नेप्सेमा उत्पादन मुलक समुह बाहेक सबै उप समुह रातो रंङले पोतिएको छ । उत्पादन मुलक समुह ३०.८९ अंकले बढेको हो ।

बैंकिङ समुह १०.४१, होटल समुह १७.५३, विकास बैंक समुह १४.५१, जल विद्युत समुह १९.९, वित्तिय समुह ५.७, बीमा समुह ४६.०७ र अन्य समुह ०.५८ अंकले घटेको छ ।

आज बोत्तल नेपाल (तराई), प्रोगेसिपफाइनान्स र जेविल फाइनान्सका लगानीकर्ताले क्रमस ९.८, ९.८३ र ७.२८ प्रतिशतले कमाएका छन् ।

दिव्यश्वरी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र गुडविल फाइनान्सका लगानीकर्ताले क्रमस ६.७१, ५.०९ र ४.७६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल