पूर्वअर्थमन्त्री महतले भने,- बिनाअध्ययन नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिँदा बेतिथिको खतरा



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिँदा बेतिथि निम्तने जोखिम भएको बताएका छन् ।

अर्थ मन्त्रालयले १० वटा नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णयमा पूर्वअर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् ।

बुधबार मात्रै अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिनका लागि बीमा समितिलाई अनुमति दिएका थिए ।

त्यसअघि मन्त्री महराले मन्त्रिपरिषदबाटै नयाँ बीमा कम्पनीको लाइसेन्स दिने प्रयास गरेका थिए ।

तर, नयाँ कम्पनीलाई लाइसेन्स दिने विषय मन्त्रीस्तरीय निर्णयबाटै गर्न सकिने भन्दै मन्त्रिपरिषदले महराको प्रस्ताब फिर्ता पठाएको थियो ।

पूर्वअर्थमन्त्री महतले शुक्रबार दिउसो साढे १ बजे ट्वीट गर्दै विस्तृत अध्ययन बिना नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय भएमा बेतिथिको जोखिम हुने धारणा सार्वजानिक गरेका हुन् ।

‘१० नयाँ जीबन बीमा कम्पनीलाई लाइसेन्स रे, बीमाको वर्तमान अवस्था,बजारबिस्लेषण,नियमनक्षमता आदीको विस्तृत अध्ययन नभै निर्णय भएमा बेथितिको जोखिम,’ महतले ट्वीटमा लेखेका छन् ।


पुष्प दुलाल