आइस्पान नेपाल अध्यक्षमा दिलिप अग्रवाल



काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) नेपालमा नयाँ कार्यसमिती आएको छ । आइस्पानको अध्यक्षमा दिलिप अग्रवाल नियुक्त भएका छन् । संस्थाको हालै सम्पन्न पन्ध्रौ बार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा विनयमोहन साउद, महासचिवमा मधुकुमार अमात्य , कोषाध्यक्षमा निरज खरेल र सचिवमा भोजराज भट्टलाई चयन गरेको छ ।

त्यसैगरी संघको नवनिर्बाचित सदस्यहरुमा बिनय बोहरा, बलभद्र अधिकारी,पुरनबहादुर थापा र सुरेन क्षेत्री रहेको आइस्पानले जनाएको छ।


क्लिकमान्डु