एन.एन क्वालिटी अवार्ड २०१७ का लागि आवेदन माग



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले एन.एस क्वालिटी अवार्ड २०१७ तथा लेटर अफ एप्रिसेश प्रतिस्पर्धामा सहभागिताका लागि आह्वान गरेको छ । गुणस्तर तथा नापतौत विभागले नेपाल गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्न इजाजत प्राप्त गरेका उद्योगहरुबाट प्रतिस्पर्धामा सहभागिताका लागि आवेदन आह्वान गरेको हो ।

२०७२ असार मसान्सम्म गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्न इजाजत प्राप्त उद्योगहरुले प्रतिस्पर्धामा सहभागि हुन सक्ने विभागले जानकारी दिएको छ ।

आवेदन फारम कार्यालय समयमा विभागबाट उपलब्ध हुने र विभागको वेव साइटबाट पनि डाउन लोड गर्न सकिने छ । उद्योगहरुले आवेदन फारम जेष्ठ २५ गतेभित्रमा इलेक्ट्रोनिक माध्यमबाट पठाउनु पर्ने हुन्छ ।


पुष्प दुलाल