मानिसक स्वस्थ्यका हिसाबले इन्स्टग्राम सबैभन्दा खराब



 

काठमाडौं । इन्स्टाग्रामलाई युवाका मानसिक स्वास्थ्य हिसावले सबैभन्दा खराब सामाजिक सञ्जालको रुपमा लिएको छ । बेलायतको जिस सर्बेमा यो तथ्य बाहिर आएको हो ।

सर्बेमा १४ देखि २४ वर्षका उमेर समुहका १४ सय ७९ युवालाई समावेस गरिएको थियो । युवाहरुलाई ५ लोकप्रिय सामाजिक सञ्जालको विकल्प दिएको थियो । सर्वेमा सहभागिहरुले मञ्चलाई तनाव, डिप्रशेन, एक्लोपन, खुट्टा सड्किने र शारिरिक अवस्थाका हिसाबले अंक दिनु पर्ने थियो ।

प्रयोगकर्तालाई बचाउने ?

सर्बेको परिणामपछि मानसिक स्वस्थ्यमा काम गर्ने एक संस्थाले प्रयोगकर्तालाई यस्तो विषय वस्तुबाट बच्नका लागि अनुरोध गरिएको छ ।

‘द रोयल सोसाइटी फर पब्लिक हेल्थ’का अनुसार यस प्रकारको सञ्जालबाट मानिस तनाबबाट पिडित प्रयोगकर्ताको पहिचान गर्न आवश्यक छ । संस्थाको रिर्पोटअनुसार सामाजिक संञ्जालले गंभीर किसिमको मानसिक समस्या उत्पन गर्न सक्छ ।

करिब ९० प्रतिशत युवा सामाजिक संञ्जालको प्रयोग गर्ने गरेका छन् । त्यसैले यसको खतरा युवामा अधिक छ ।

आइला जस्ले डिप्रशन सामना गरिन्

आइला २०/२२ वर्षकी छिन् । युवा अवस्थामा उनी खराब समयबाट गुर्जेकि छिन् । त्यस समयमा उनी सामाजिक संञ्जालमा आइन ।

अनलाईन समाजले मलाई अनलाईनको हिस्सा भएको महशुस गरायो र त्यहाँ मेरो मुल्य छ, तर मैले साँचिकै जिन्दगीको साथीहरुसँग दुरु बढ्यो र धेरै समय अनलाइनका साथीसँग समय विताउन लागि,’ आइलाले भनिन् ।

‘१६ वर्षको उमेर मै म गरियो डिप्रेशनको शिकार भए, ६ महिनासम्म डिप्रेसशनको शिकार भए, यो निकै कष्टपूर्ण रह्यो,’ उनले भनिन् ।

त्यस समय सामाजिक सञ्जालले आफूलाई नराम्रो लागेको उनले सुनाइन् । आइलाका अनुसार आफूलाई अरु मानिससँग दाजिने कुरा राम्रो लाग्दैनथ्यो उनलाई ।

‘१९ वर्षको उमेर डिप्रेशनको एउटा अर्को प्रसंग भयो, म सामाजिक संञ्जालमा साथीहरुको अनेक कार्यहरु देख्थे र त्यो देखेर लजित्त हुन्थे,’ उनले भनिन् ।

आइलाको जीवनमा सामाजिक संञ्जालको सकारात्म पक्ष पनि आयो ।

‘मैले मानसिक स्वस्थ्यको बारेमा धेरै ब्लाग लेखे र मानिसहरुसाग यस बारेमा राम्रो कुराकानी गरे । पाँच÷छ वर्ष पहिले मैले अनलाइन साथी बनाएको थिए, ति मध्य केहिसँग भेट भएको छ ।’ उनले सुनाइन् ।

यूट्यूव सबैभन्दा राम्रो

यस अनलाइन सर्वेमा मानिससँग फेसबुक, ट्विटर, यूट्यूव, इन्स्टग्राम र स्नैपच्याटका कारण मानसिक स्वस्थ्यका बारेको प्रभावको प्रश्न सोधिएको थियो । मानिसलाई स्वस्थ्य प्रति जोडिएको १४ प्रश्नको आधारमा हरेक सञ्जाललाई नम्बर दिनु पर्ने थियो ।

यस आधारमा यूट्यूव सबैभन्दा सकारात्मक त्यपछि ट्विटर र फेसबुक रहेको छ ।

‘द रोयल सोसाइटी फर पब्लिक हेल्थ’को सर्वे रिर्पोट अनुसार इन्स्टाग्राम र स्नैयापच्याटको सबैभन्दा खराब देखिएको छ । दुबै मञ्चमा धेरै छवि रहेका छन्, जसले प्रयोगकर्ता युवालाई असफल र बेचैनी बनाएको हुन सक्छ ।’

कसरी बच्ने ?

यस सर्बेको नतिजापछि केही स्वास्थ्य विज्ञले सामाजिक संञ्जालको मञ्चमा केही कदम उठाउन अपिल गरेका छन् ।

१. जब मानिस धेरै समयसम्म सामाजिक सञ्जालको प्रयोग गर्छन्, त्यस समय एक चेतावनी दिने खालको पपअप आउँछ ।

२. मानिसक स्वास्थ्यबाट परिसान प्रयोगकर्ताको पहिचान गर्ने र उनलाई मद्दत मिल्ने ठाउँको बारेमा जानकारी दिने ।

३. जब तस्बिरलाई डिजिटल तरिकाबाट प्रस्तुत गरिन्छ, जस्तै फेशन ब्राण्ड, विज्ञापन वा सेलिब्रेटिको तस्बिर, त्यसमा एउटा सानो आइकन बनाउने जसबाट उनीहरुको सजिलै पहिचान होस् । बिबिसी हिन्दीको सहयोगमा


पुष्प दुलाल