मानव संसाधन व्यवस्थापन सम्मेलन जेठ १६ मा हुने



काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई)ले मानव संसाधन व्यवस्थापन सम्मेलन गर्ने भएको छ । एनबिआइले जेठ १६ गते काठमाडौंमा सम्मेलन गर्न लागेको हो ।

एनबिआइले मानव संसाधन व्यवस्थापनसँग सरोकार राख्ने, व्यवस्थापक सुपरिवेक्षक, व्यवसायी र उच्च पदस्थ पदाधिकारीहरुलाई जानकारी दिएको छ ।

सम्मेलनका वक्ताहरुमा एसबैंक भारतका ह्युमन क्यापिटल म्यानेजमेन्ट ग्रुपका अध्यक्ष दिवदत्त कुराने । अर्का वक्ता, म्यानेजमेन्ट डेभलपमेन्ट ईन्ष्टिच्युटका अध्यक्ष र मानव संस्थानमा प्राध्यापक चन्द्र प्र. श्रीमाली छन् । त्यस्तै प्रमुख कन्सल्टीन एवं प्रशिक्षककोच अक्विल वुसराई वक्ताका रुपमा रहने छन् ।

सान्दर्भिक र महत्वपूर्ण समयमा भै रहेको यस सम्मेलनले मानव स्रोतको महत्वका सम्बन्धमा प्रकाश र मानव संसाधन व्यवस्थापनसँग संबन्धितचुनौति एवं अवसरहरुको बारे प्रसस्त जान्ने अवसर मिल्नुका साथै इ–लर्निङ, सक्सेसन पाल्नीङ्ग र मानव संसाधन व्यवस्थापनको सफल द्वष्टान्तहरु जान्ने अवसर मिल्ने इन्स्टिच्युटले जानकारी दिएको छ ।


पुष्प दुलाल