राष्ट्रपतिद्धारा आर्थिक वर्ष २०७४/०७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत



काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले आगामी आर्थिक बर्ष २०७४/७५ को सरकारको नीति तथा कार्यक्रम ब्यवस्थापिका संसदमा सार्बजनिक गरेकि छन् ।

संसदको आजको सुची अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गर्ने कार्यक्रम थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम दिएका थिए । प्रधानमन्त्री दाहालले दिएको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गरेकी हुन् ।

नियमित विद्युत आपूर्ति हुँदा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने सरकारको अनुमान रहेको राष्ट्रपतिले जानकारी गराइन ।

आगामी आर्थिक वर्ष शान्ति प्रक्रियाका बाँकी सबै काम पुरा गरिने उनले जानकारी दिइन ।

त्यसैगरी, राष्ट्रिय गौरबका आयोजना र क्रमागत आयोजनालाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्ने सरकारको नीति रहेको छ ।

पुननिर्माणलाई विषेश प्राथमिकतामा राख्ने र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको क्षमता अभिवृद्धि गर्ने सरकारको नीति छ ।

पूर्वपश्चिम विद्युतीय रेल, सुरुङ्गमार्ग र रेलमार्गर्ला प्राथमिकता दिइने भएको छ । यस्तै स्थानीय र प्रदेशस्तरीय सडकमा न्यूनतम लेन अनुसारको सडक संजाल निर्माण गर्ने सरकारको कार्यक्रम छ ।

धार्मिक पर्यटनलाई प्राथमिकता दिइने छ । राष्ट्रियस्तरका एयरपोर्ट निर्मँणको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइने छ ।

माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य बनाइने छ । माध्यमिक तहसम्मको विद्यालय स्थानीय तहलाई दिइने छ । सामुदायिक विद्यालयहरुलाई नमुना रुपमा संचालन पनि गरिने भएको छ । खुल्ला विश्वविद्यालय पनि संचालन गरिने सरकारको कार्यक्रम छ ।

स्वास्थ्यलाई मौलिक हककारुपमा स्थापित गर्दै आधारभूत स्वास्थ्यलाई निशुल्क गरिनेछ । र, आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तह अन्तर्गत राखिने छ ।

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै वृहत खालका सामाजिक सुरक्षाका थप कार्यक्रमहरु ल्याइने छ ।


पुष्प दुलाल