रेनो नेपालद्धारा नयाँ लजी स्टेपवे रेन्ज अनावरण



काठमाडौं। नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ ।

यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्दछ । नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडि नेपाली बजारमा प्रारम्भिक मूल्य ३९,९५,००० रुपैयाँसहित सार्वजनिक गरियो ।

न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ, जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण ७ र ८ सीट अप्सनमा उपलब्ध छ । लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुले यसको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडिलाई प्राथमिकता दिएको कम्पनीको दाबी छ ।

रेनो लजी स्टेपवेमा सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगरलगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरु राखिएका कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु