आविष्कार केन्द्र बनाउन म्यागेसेसे पदक बेच्दै महावीर पुन



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आर्थिक जोहो गर्नभन्दै महावीर पुनले आफुले प्राप्त गरेका पदकहरु लिलाममा बिक्री गर्ने भएका छन् । म्यागेसेसे पुरस्कार बिजेता पुनले लिलामीमा बिक्री गर्न लागेको पदकमा एसियाको नोबेल पुरस्कारको रुपमा परिचित म्यागेसेसे पुरस्कारलगायत ५ पदक छन् ।

पुनले केहि समय अघि आफ्ना पदक नेपालमै बिक्री होस् भन्ने हेतुले इच्छुक नेपालीलाई किन्न आह्वान गरेका थिए । धेरै नेपालीले पदक खरिद गर्ने इच्छा देखाएको पुन बताउँछन् । ‘नेपालीसँग पदक किन्न सक्ने पैसा नभएकाले उनीहरुले किन्न सकेनन्,’ पुनले क्लिमाण्डूसँग भने ।

उनले नेपालमा नै पदक बिक्री गर्ने प्रयासमा सामाजिक संजालमार्फत जेठ १० गते १२ बजेसम्म ईच्छुक नेपालीहरुलाई खरिदको लागि आह्वान गरेका थिए । तर उनको पदक किन्न कुनैपनि नेपाली ईच्छुक देखिएनन् । त्यसैले उनले अमेरिकामा बस्ने एक जना व्यक्तिको सहयोगमा पदक अमेरिकामा बेच्न लागेका हुन् ।

पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आर्थिक जोहो गर्न पदक लिलामीमा बिक्री गर्न लागेका हुन् । राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि ५० करोड रुपैयाँ लाग्ने बताइएको छ । हालसम्म आविष्कार केन्द्र निर्माणका लागि ४ करोड रुपैयाँ संकलन गरिसकेको पुन जानकारी दिन्छन् ।

उनले नेपालमा नै पदक बिक्री गर्ने प्रयासमा सामाजिक संजालमार्फत जेठ १० गते १२ बजेसम्म ईच्छुक नेपालीहरुलाई खरिदको लागि आह्वान गरेका थिए । तर उनको पदक किन्न कुनैपनि नेपाली ईच्छुक देखिएनन् । पुनको पदक नेपालमा लिलामीमा बिक्री हुन सकेन । त्यसैले उनले अमेरिकामा बस्ने एक जना व्यक्तिको सहयोगमा पदक अमेरिकामा बेच्न लागेका हुन् ।

ति व्यक्तिले अमेरिकामा पदकलाई अधिकतम मुल्यमा बेच्ने प्रतिबद्धता गरेका हुनाले अनुमति दिएको पुन बताउँछन् । पुनले अधिकतम मुल्यमा बिक्री गर्ने भनिएको पदकको न्युनतम मुल्य कति हुने भनेर जानकारी भने दिन चाहेनन् ।

‘घर, जग्गा, गाडीको पो मुल्य हुन्छ, यो पदक हो, जसले अधिकतम मुल्य दिन्छ त्यसैलाई बिक्री गर्ने हो,’ पुनले भने, ‘अहिले यि पदक मेरा घरमा थन्केर बसेका छन् । ति प्रयोगहिन अवस्थामा छन् ।’

पदक बिक्री भएमा राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा केहि मात्रमा भए पनि आर्थिक सहयोग मिल्ने पुनले अपेक्षा लिएका छन् ।


क्लिकमान्डु