एमालेले जित्यो पोखरा महानगरपालिकाको मेयर र उपमेयर



तस्बीरः रविन्द्र अधिकारीको ट्वीटरबाट

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा एमालेको प्यानलै बिजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई एमालेले जितेको हो ।

मेयरमा एमालेका मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याए भने उनका निकतम् प्रतद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए।

त्यसैगरी, उपमेयरमा पनि एमालेकै मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी भइन्। उनकी निकट्मत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाइन्।

पोखरा जितसँगै एमालेले महानगरमा खाता खोलेको छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यको जित निश्चित भएको छ भने भरतपुर महानगरपालिकामा पनि एमाले अग्र स्थानमा छ ।

यद्यपि भरतपुरमा भने कांग्रेस माओवादी गठबन्धनकी रेणु दाहाल पनि एमलोका उमेद्वार देवी ज्ञवालीलाई पछ्याइरहेकी छन् ।


पुष्प दुलाल