रिचार्ज गर्दा शतप्रतिशत ‘क्यासब्याक’ दिने रिचार्च एप्स नेपाली बजारमा



काठमाडौं । रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक दिने रिचार्ज एप्स नेपाली बजारमा आएको छ ।

ग्लोबलकि टेक्नोलोजीले बजारमा ल्याएको मोबाइल एप्स रिचार्ज मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याकपाउने र क्यासब्याकमार्फत जम्माभएको रकम सपिङमाखर्च गर्न सकिने बताएको छ ।

एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधीमा २५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजीले जानकारी दिएको छ ।

एप्स रिचार्जरबाट संसारभरका वेवसाइटबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबलकि टेक्नोलोजीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

अनलाइन खरिदकर्ता र बिक्रेताका बीच समन्वय गर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए ।

समय र पैसाको बचतसँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्षका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एप रिचार्जलाई अनलाइनसपिङ हबको रुपमा अगाडी बढाइएको ग्लोबल किले जानकारी दिएको छ ।

रिचार्ज गर्दा पाउने रकमबाट बिना झन्झट घरमै बसेर फिल्महलको टिकट, होटल बुकिस्ङ, प्लेनको टिकट बुकिङ, रेष्टुरेन्ट, अनलाइन सपिङतथाएप्सले दिने अन्य सुबिधालगायतका कार्यहरुमा खर्च गर्न सकिने ग्लाइडरले बताए ।

इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसीएसिया बैंक र प्रभु बैंकबाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबल किले जानकारी दिएको छ ।

एन्ड्रोइड फोनमा जुनसुकै तरिकाबाट रिचार्ज गरे पनि क्यास ब्याक पाइने तथा आइओएसमा रिर्चाज एपबाटै रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक पाइने छ । यो एप्स प्रयोग गर्न युट्युबमा राखिएको भिडियोको सहायता लिन सकिने छ ।


पुष्प दुलाल