जनतासँग गाभिन सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभाले दियो अनुमति



काठमाडौं । सिदार्थ डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले जनता बैंकसँग गाभिनको लागि सहमति प्रदान गरेको छ ।

बैंकको शुक्रवार भएको साधारणसभाले जनतासँग मर्जरको लागि सहमति दिएको बैंकको प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।

जनता बैंकले भने मर्जर प्रस्ताव पारित गर्नको लागि शनिवार विशेष साधारणसभा बोलाएको छ ।

जनता बैंकका कर्मचारीले भने यसमा असहमति जनाउँदै आएका छन् ।


क्लिकमान्डु