सिजीको एसीमा आकर्षण बढ्दो



काठमाडौं । प्रस्पिधात्मक एसी बजारमा अन्य कम्पनी र ब्राण्डलाई च्यालेन्ज गर्दै सिजी ब्राण्डले नयाँ आकर्षक रुप र डिजाइनमा विभिन्न विशेषताका साथ नेपाली बजारमा सिजी एसी बजारमा आएको छ ।

निरन्तर रुपमा सिजी ब्राण्डले नेपाली बजारको माग र नेपालीहरुको आयस्रोतलाई मध्यनजर गर्दै विभिन्न किसिमका एयरकन्डीसनरहरु नेपाली बजारमा सर्वसुलभ मुल्यमा उपलब्ध गराउदै आइरहेको छ ।

सिजी एसीको प्रमुख उदेश्य भनेको नेपाली बजारमा सस्तो मुल्यमा गुणस्तरिय उत्पादन धेरै भन्दा धेरै स्थानमा पुर्याउने रहेको छ ।

नेपाली बजारमा मुख्य गरी घरका साथै होटल, हस्पिटल, मन्त्रालय, बैक, पार्टी प्यालेस र सेमिनार हलहरुमा बढी नै प्रयोग गरिएको पाईन्छ । सिजी एउटा आफै नेपाली ब्राण्ड भएको र यसको गुणस्तर एवं सर्भिस नेपाल भरी उपलब्ध गरिरहेको साथ साथै नेपालको एकमात्र नेपाली आइएसओ ९००१ सर्टिफाइट कम्पनी हो ।
नेपालभर सर्भिस र जडानको व्यवस्था गर्दै यस एयरकन्डिसनरमा ३६ महिनाको प्रमुख वारेन्टी दिदै आएको छ ।
सिजी ले बजारमा एयरकन्डीसनरको खरिदमा ४ मिटर सतप्रतिशत कपरको पाइप सेट उपलब्ध गराउदै आएको छ ।


क्लिकमान्डु