भारुको अबैध कारोबार गर्ने १० जना पुलिसको फन्दामा



काठमाडौं । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी) प्रतिबन्धीत १८ लाख ४४ हजार भारतीय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको छ । सिआइबीले प्रतिबन्धीत ५ सय र १ हजार भारतीय रुपैयाँको कारोबार गर्ने १० व्यक्तिलाई पक्राउ गरेको हो ।

सिआइबीले बिमल गुरुङ, सन्तोष खत्री क्षेत्री, नवराज बस्नेत, ऋषु गिरी, कैया चौधरी, राजु थापा, रामेश्वर चौधरी, नरेन्द्र बहादुर महरा, बेल कुमारी कार्की र कुमार कार्कीलाई पक्राउ गरेको छ ।

प्रतिबन्धी भारतीय रुपैयाँ नेपाल भित्राइ काठमाडौंलगायत विभिन्न स्थानहरुमा लुकाई छिपाई राखेको सुचनाका आधार पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाईएको सिआइबीले जानकारी दिएको छ ।


पुष्प दुलाल