बिटक्वाइनको व्यापारः २६ पैसा ७ बर्षमै यसरी भयो साढे २ लाख



काठमाडौं । तपाईले ७ वर्षअघि एक बिटक्वाइन २६ पैसामा किन्न गर्न पाउनुहुन्थ्यो । तर, अहिले यसको मुल्य २ लाख ५० हजारभन्दा बढी छ ।
कुनैपनि राम्रा भनिएका कम्पनीले दिन नसकेको नाफा लगानीकर्तालाई अहिले बिटक्वाइनले दिएको छ ।

तीव्र गतिमा मुल्य बढिरहेको बिटक्वाइन अहिले संसारको सबैभन्दा महंगो मुद्रा हो । आजको दिनमा एक बिटक्वाइन खरिद गर्नको लागि २ हजार ४ सय ७८ अमेरिकी डलर खर्च गर्नुपर्छ । यसको मुल्यमा उतारचढाव भएपनि हरेक दिनजस्तो यसले रेकर्ड कायम गर्दै आएको छ ।

कतिले यसको मुल्य अस्वभाविक भएको भन्दै घट्ने प्रक्षेपण गरेपनि कतिपयले यसको मुल्य ६ हजार डलरसम्म पुग्ने भनेका छन् । जुन नेपाली रुपैयाँमा परिवर्तन गर्दा ६ लाखभन्दा बढी हुन आउँछ ।

विश्वमा पछिल्लो ७ वर्षमा अत्याधिक रिर्टन दिने बिटक्वाइनको कारोबार नेपालमा पनि हुन थालेको छ ।  नेपालमा पनि सामाजिक संजाल फेसबुकमा बिटक्वाइनको खरिद/बिक्रीका केही समुहहरु छन् । जसमा बिटक्वाइन खरिद गर्न र बिक्री गर्न चाहनेको बारेमा बढी नै सूचना हुन्छ ।

कुनैपनि केन्द्रीय बैंकले नछाप्ने भर्चुअल मनि बिटक्वाइनको माग अहिले अन्तराष्ट्रिय बजारमा ह्वातै बढेको छ ।

दुई साताअघि विश्वका १ सय ५० वटा देशमा साइबर हमला भयो । हमला गर्नेले फिरौतीको रुपमा बिटक्वाइन माग गरे । यसले बिटक्वाइनको लोकप्रियता प्रष्ट पार्छ ।

केही अर्थशास्त्रीले विश्व अर्थव्यवस्थामा बिटक्वाइन खतरा हुनसक्ने बताए पनि अहिले बिटक्वाइनमा हुने लगानी धेरै नै फाइदा जनक छ ।
कुनै देशले नछाप्ने तर, भर्चुअल मनि बिटक्वाइन सातवर्षमा किन यतिधेरै महंगो भयो त्यो सबैलाई लाग्न सकछ ।

जापानको नयाँ नियमले भुक्तानीको लागि बिटक्वाइनको प्रयोग गर्नसक्ने अनुमति दियो । अहिले बिटक्वाइनको कुल कारोबारमा जापानको हिस्सा ४० प्रतिशत छ । यसको साथै विश्व अर्थव्यवस्थामा अनिश्चिताको कारण सामान्य मुद्रा बजारमा मच्चिएको उथल पुथलको कारण यसको लाभ बिटक्वाइनलाई भयो ।

२ वर्षमा बढेको बिटक्वाइनको मूल्य (अमेरिकी डलरमा)

केही साना व्यापारी र अनलाइन रिटेलर्सहरु पेमेन्टको एउटा अप्सन बनाउन खोजेका छन् । बिटक्वाइनको बढ्दो मुल्यलाई लिएर केही विश्लेषकले यसमा जोखिम भएको भनेपनि यसमा फाइदा अहिले निकै देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले अहिले डलरलाई कमजोर बनाउने इच्छा देखाएका छन् । अमेरिकी सामानको निर्यात बढाउन ट्रम्पले यस्तो नीति लिनसक्ने देखिन्छ ।

सिएनएनका अनुसार बजेट डाइरेक्टर,भाइस प्रेसिडेन्ट र प्रमुख आर्थिक सल्लाहकारले ट्रम्पले लिन खोजेको ‘क्रिप्टोकरेन्सी’लाई समर्थन गरेका छन् ।

अहिलेसम्म कुनैपनि सरकारले बिटक्वानलाई न समर्थन गर्न सक्छन् न त सँगै लिएर हिड्न सक्छन् ।

डिजिटल करेन्सी जसको संरक्षण एउटा ब्लकचेनबाट हुन्छ । यसको अहिले निकै सुरक्षित मानिँदै गएको पेमेन्ट सिस्टमलाई संसारका धेरै देशका बैंकले यसलाई प्रयोग गर्न खोजेका छन् ।

सन् २००८ मा सतोषी नाकामतो भन्ने व्यक्तिले यसको सुरुवात गरेका हुन् । तर, यी व्यक्ति को हुन् अहिलेसम्म कसैलाईपनि जानकारी छैन । इन्टरनेटमा कम्युनर नेटवर्कको माध्यमबाट यो मुद्राको कारोबार गर्न सकिन्छ । जबकी जटिल कम्युटर एग्लोरिथम्स र कम्युटर पावरबाट यो मुद्रा निर्माण गरिन्छ । यसलाई माइनिङ भनेर बुझिन्छ । संसारमा अहिले १ करोड थान बिटक्वाइन रहेको अनुमान गरिन्छ ।

नेपालमा हुन्छ कारोबार ?

विश्वमा पछिल्लो ७ वर्षमा अत्याधिक रिर्टन दिने बिटक्वाइनको कारोबार नेपालमा पनि हुन थालेको छ । ग्लोबलाइजेशनको प्रभाव नेपालमा नहुँने भने कुरा नै हुँदैन । सामाजिक संजाल फेसबुकमा बिटक्वाइनको खरिद/बिक्रीका केही समुहहरु छन् । जसमा बिटक्वाइन खरिद गर्न र बिक्री गर्न चाहनेको बारेमा बढी नै सूचना हुन्छ ।

यसमा कालिमाटीमा रहेको एउटा कम्पनीले बिटक्वाइन खरिद र बिक्रीको सुविधा उपलब्ध गराउने उल्लेख छ । समूह भित्र रहेका प्रयोगकर्ताहरुले आफूले बिटक्वाइनको खरिद गर्न चाहेको हुँदा नेपालमा सानो स्केलमा भएपनि बिटक्वाइनको कारोबार हुने गरेको छ ।

के भन्छ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंकले बिटक्वाइनको नेपालमा प्रयोगको बारेमा अनविज्ञता प्रकट गरेको छ । संसारभरकै केन्द्रीय बैंकलाई भने भुक्तानीमा हुन लागेको यो प्रयोग टाउको दुखाई भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा ग्लोबलाइजेशनको प्रभाव अनुसार यसको कारोबार केही भएपनि ठूलो मात्रामा नभएको अनुमान गर्छन् ।

‘ठूलो मात्रामा यसको कारोबार भएको भन्ने हामीलाई लाग्दैन,’ थापाले क्लिकमाण्डुसँग भने,- ‘कारोबार बढ्न थालेपछि हामीले यसको बारेमा अध्ययन गर्छौ ।’

बिटक्वाइनको पक्षमा आरबीआई

भारतीय रिजर्ब बैंक (आरबिआईले) सन् २०१३ मा बिटक्वाइनको कारोबार नगर्न आफ्नो नागरिकलाई आग्रह गरेको थियो ।

इकोनोमिक्स टाइम्सका अनुसार भर्चुअल मनी बिटक्वानको बल्कचेन प्रविधिको प्रशन्सा गरेको छ । बल्कचेन एउटा डिजिटल प्लेटफर्म हो जसले बिटक्वाइनको ट्रान्जेक्सनको पुरा रेकर्ड राख्छ । जसलाई पत्ता लगाउन निकै कठिन छ ।

सन् २०१३ को डिसेम्बरमा भर्चुअल करेन्सीको बारेमा गम्भिर चेतानवनी दिएको थियो । बिटक्वाइनमा भएको बढ्दो लगानी चिन्ताजनक भएपनि यसको प्रविधि बल्कचेनको भने आरबीआईले समर्थन गरेको छ । जसले फाइनान्सियल सिस्टमको पेमेन्टमा परिवर्तन ल्याउने अपेक्षा आरबिआईले गरेको छ ।


पुष्प दुलाल