आर.पि. बेकरीले पायो राष्ट्रिय खाद्य स्वच्छता प्रमाणपत्र



काठमाडौं । “राम्रो” ब्राण्डका बिस्कुट तथा कुकीजहरुका उत्पादक आर.पि. बेकरीलाई ९ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसमा प्रथम स्थानको प्रमाणपत्र द्वारा सम्मानित गरिएको छ ।

सो समारोह, कृषि बिकास मन्त्रालय अन्तर्गत, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले बार्षिक रुपमा आयोजना गर्दै आएको छ । यो एक प्रतिष्ठीत अवार्ड हो, जो स्वास्थ्यकर तथा गुणस्तरलाई उच्चतम नियन्त्रण गरि खाद्य बस्तु उत्पादन गर्ने कम्पनीहरुलाई मात्र प्रदान गरिन्छ ।

बि.सं. २०६९ मा पनि आर.पि. बेकरीलाई सोही समारोहले दोस्रो स्थानबाट सम्मानित गरिएको थियो । गत ४ बर्षमा, आर.पि. बेकरीले आफ्नो उपकरणहरुलाई आधुनिकीकरण गरि नयाँ तथा स्वास्थ्यकर बिस्कुट तथा कुकीजहरु कडा गुणस्तर परिक्षणका साथ उत्पादन गरि प्रथम स्थान प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।

“यस उपलब्धिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिनलाई मैले एउटा ठुलो चुनौतीको रुपमा लिएकोछु ।” आर.पि. बेकरीका निर्देशक आदित्य अग्रवाल भन्छन् ।

आर.पि. बेकरी कैलालीको अत्तरीयामा अवस्थित रहेको छ । आर.पि. बेकरीको स्थापना आर. पि. ग्रुप अन्तर्गत सन् २०११ मा स्थापना भएको कम्पनीले “राम्रो”, “डिङ्ग–डङ्ग”, “रोयल”, “सितारा” आदि नाममा बिभिन्न गुणस्तरीय उत्पादनहरु बजारमा उपलब्ध गराउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु