मेक्स ट्रेडिङ्ग च्यालेन्ज असास १९ बाट, कमोडिटि बजारको ज्ञान हसिल गर्न सकिने



काठमाडौं । कमोडिटि बजारको ब्यवहारिक ज्ञान अभिवृद्धि गर्न बिभिन्न पक्षहरुलाई आकर्षित गर्ने उद्देश्य सहित मेक्स नेपालले मेक्स अप्सन ट्रेडिङ्ग च्यालेन्ज २०१७ को आयोजना गर्ने भएको छ । च्यालेन्ज असार १९ गतेदेखि साउन १६ गतेसम्म संचालन हुनेछ ।

च्यालेन्जका सहभागिहरुले ५० हजार रुपैयाँ बराबरको नमूना कारोबार रकम प्राप्त गर्ने छन् । नमूना पैसाबाट सहभागीहरुले आफ्नो कारोबार कौशलता, कारोबार रणनिति, अनुशासन र पूँजी व्यवस्थापनमा दक्षता देखाउन सक्नेछन् ।

उक्त प्रतिस्पर्धामा उपलव्ध रकमलाई बढाएर सबै भन्दा बढि पूँजी बनाउने ३ जना सहभागीहरुलाई बिजेता घोषणा गरिनेछ । प्रथम बिजेताले २ हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो बिजेताले १ हजार रुपैयाँ बराबरको वास्तबिक रकम जित्नेछन् ।

सम्पूर्ण सुविधाहरु समेत यस नमूनाकारोबार प्रतिस्पर्धामाउपलब्ध गराईनेछ । च्यालेन्जमा सहभागि हुनका लागि कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएका छन् ।

यस, प्रतिस्पर्धामा सहभागी हुनको लागि असार १४ सम्म आवेदन दर्ता गरी सक्नु पर्नेछ । सबै दर्ता भएका सहभागीहरुलाई नमूना कारोबार स्थल साथै त्यसको लगईन युजर र पासवर्ड उपलब्ध गराईने छ ।

उक्तकारोबार स्थललाई आषाढ १९ गते देखि सक्रिय गरिने छ । त्यससंगै सहभागीहरुले उपलब्ध लगईन युजर र पासवर्ड प्रयोग गरि प्रतिस्पर्धामा सहभागीहुन सक्नेछन् ।


पुष्प दुलाल