५ अर्ब रुपैयाँको जहाज १७ करोडमा पनि बिकेन



काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ–७५७ एसीए सिरिजको कर्णाली जहाज बिक्रीका दोस्रो पटक ग्लोवल टेन्डर आह्वान गरिएको छ ।

पहिलो पटक आह्वान भएको टेन्डरमा कुनै पनि आवेदन नपरेपछि निगम व्यवस्थापनले दोस्रो पटक टेन्डर आह्वान गरेको हो । उक्त जहाजको नयाँको मुल्य अन्तर्राष्ट्रिय बजारमा अहिले ५ अर्ब रुपैयाँ पर्दछ ।

निगमको मुल्यांकन तथा प्राविधिक समितिले तोकेको न्युनतम मुल्य १७ करोड रुपैयाँ बाट नघट्नेगरी टेन्डर आह्वान गरिएको थियो ।

निगमले गरेको पहिलो टेन्डर जेठ १० गते सम्म अन्तिम समयसिमा तोकिएको थियो । उक्त समयमा एउटा पनि आवेदन नपरेपछि पुनः थप गरी जेठ २९ गतेसम्म राखिएको छ ।

सिंगापुरमा लामो समय थन्किएको जहाज गत मंसिरमा काठमाडौं ल्याइएको थियो । निगमले १७ करोड रुपैयाँ न्युनतम मुल्य तोकेर ग्लोवल टेन्डर आव्हान गरेको थियो । निगमले तोकेको मुल्य मा सबैभन्दा बढी मुल्यमा किन्ने कम्पनीलाई निगमले जहाज बिक्री गर्ने छ ।

अबको समयसिमामा केही आवेदन पर्नेमा आशावादी रहेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न साक्य बताउँछन ।

टेन्डरमा एयरलाइन्स कम्पनी, जहाज उत्पादक कम्पनी समेतले सहभागिता जनाउन सक्ने निगमको अनुमान थियो । अन्तर्राष्ट्रिय उडान भरिरहेको जहाज मर्मत गर्न नसक्ने गरि थन्किएपछि निगम व्यवस्थापनले एकवर्ष अगाडी विस्थापन गर्ने निर्णय गरेको थियो ।

सिंगापुरमा लामो समय थन्किएको जहाज गत मंसिरमा काठमाडौं ल्याइएको थियो । निगमले १७ करोड रुपैयाँ न्युनतम मुल्य तोकेर ग्लोवल टेन्डर आव्हान गरेको थियो । जहाज खरिदको लागि जहाज उत्पादक कम्पनी बोईङलेनै चासो दिइरहेको समेत कंसाकारले बताए पनि टेन्डरमा भने आवेदन भने दिएन ।

निगमले तोकेको मुल्य मा सबैभन्दा बढी मुल्यमा किन्ने कम्पनीलाई निगमले जहाज बिक्री गर्ने छ । जहाजले तेल तथा अन्य मर्मत खर्च बढाएपछि विस्थापन गर्ने निर्णयमा निगम पुगेको थियो । उक्त सिरिजको जहाज अर्को थानले भने उडान भरिरहेको छ । अवको दुई वर्षमा अर्को पनि जहाज विस्थापन गर्ने निगमको तयारी छ ।

विस्थापन गर्न लागिएको जहाजको इन्जिन पूर्णरुपमा फेर्नुपर्ने गरी समस्या देखिएपछि विस्थापन गर्ने निर्णय गरिएको थियो । नयाँ इन्जिन फेर्नको लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लाग्ने देखिएपछि निगमले विस्थापन गर्ने निर्णय गरेको थियो ।

१ सय ९० सिट क्षमताको बोइङ–७५७ एसिए जहाज निगमले २९ वर्षअघि खरिद गरेको थियो । एक वर्षपछि ७५७ एसीबी जहाज खरिद गरिएको जहाज भने मर्मतपछि अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

बोइङ–७५७ प्रत्येक १८ महिना अथवा ५ हजार घण्टा उडान भरेपछि सी–चेकिङ र ओभरअल चेकिङ निगमले गराउँदै आएको छ । यसमा निगमको वार्षिक २ अर्ब रुपैयाँजति खर्च हुन्छ । २ जहाजले वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी गरे पनि २ अर्ब मर्मतमै खर्च हुने गरेको छ ।

एउटा जहाजको इन्जिन ओभरअल चेकिङ गर्न ५५ करोड, सी–चेकिङ गर्न २५ करोड तथा स्पेयर्स पार्ट्सका लागि २० करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको छ । जसका कारण पनि निगमले बोइङ विस्थापन गर्ने निर्णय गरेको थियो ।

१९८७ मा निगमले अन्तराष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो । त्यसको २७ वर्षपछि दुईवटा एयरबस–३२०–२०० सिरिजका जहाज खरिद गरेर हाल अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

निगमले दुई ठुुला वाईडवडी जहाजव खरिद प्रक्रिया अगाडी बढाइसकेको छ । वाईडबडी ३३०–२०० सिरिजका दुई ठुला जहाज खरिदपश्चात निगमले लामो रुटमा उडान गर्ने तयारी थालेको छ । निगमले उक्त जहाजका लागि बैना रकम ११ करोड रुर्पयाँ समेत पठाईसकेको छ ।


पुष्प दुलाल