कोरियन भाषा परीक्षा शनिबार र आइतबार, कालो डट बोक्नुपर्ने, मोवाइल निषेध



काठमाडौं । शनिबार र आइतबार अर्थात् भोलि र पर्सी रोजगार अनुमति प्रणाली (इपीएस)को आठौंं भाषा परीक्षा हुँदैछ। सो भाषा परिक्षाका लागि ७५ हजारले ५ सय ८० जनाले आवेदन दिएका छन्।

सन् २०१८ का लागि कोरियाले १० हजार २ सयलाई मात्रै छनोट गर्नेछ । कोटाभन्दा ७ गुणा बढी आवेदन परेकाले परीक्षार्थीहरुबीच निकै ठूलो प्रतिस्पर्धा हुने देखिन्छ ।

इपिएस शाखाका अनुसार आबेदकहरुमध्ये ९ हजार ७ सय ९६ महिला र ६५ हजार ७ सय ८४ पुरुष आवेदक छन् ।

२६ परीक्षा केन्द्रमा परिक्षा हुने २ दिन हुने इपीएस शाखाले जनाएको छ । परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। परीक्षका दिन जाने परीक्षार्थीले कालो बल पेन बोक्नुपर्ने छ । मोवाइल बोक्न भने निषेध गरिएको इपिएसले जनाएको छ ।

त्यसैगरी, परीक्षार्थीले राहदानीको सक्कल र रंगीन प्रिन्ट गरेको प्रवेश पत्र अनिवार्यरुपमा बोक्नुपर्नेछ । परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको टोली नेपाल आइसकेको इपिएस शाखाले जनाएको छ ।

नेपाल सरकारले इपिएस प्रणालीमार्फत सन् २००८ बाट कोरियामा कामदार पठाउँदै आएको छ। हालसम्म ४४ हजार बढी कामदार रोजगारीका लागि कोरिया गइसकेका छन् ।


पुष्प दुलाल