२० वर्षभित्र ३५ हजार जहाज, १० लाख पाइलट



काठमाडौं । संसारकै ठूलो जहाज निर्माता कम्पनी एयरबसले अगामी दुई दशकमा विश्वमा जहाजको माग ५३ खर्ब डलर बराबारको हुने प्रक्षेपण गरेको छ ।

यो अवधीमा एयरबसले ३४ हजार ८ सय ९९ विमानको आवश्यकता हुने अनुमान समेत गरेको छ । हवाई यात्रामा चीनले अमेरिकालाई उछिन्ने भए लगत्यै यो अवधीमा १० लाख भन्दा बढी पाइलटको पनि आवश्यकता पर्ने एयरबसको प्रक्षेपण छ ।

विश्वका मध्यम वर्गको संख्यामा दोव्वर बृद्धि भएर ५ अर्व पुग्ने भएसँगै विमानयात्रा गर्ने मनिसको संख्यामा पनि यो २० वर्ष भित्र तेव्वरले बृद्धि हुने अनुमान गरिएको एयरबस बिक्री प्रमुख जोन लिहीले बताए ।

तर एयरबसले हवाई यात्राकाृ बृद्धिलाई अघिल्लो ४.५ प्रतिशतबाट घटाएर ४.४ प्रतिशत कायम गरेको छ । न्यून बृद्धिदरका बाबजुत एयरबसले विमानको आपूर्ति थप बढ्ने जनाएको छ ।

थप पर्यटन उदारीकरण र निजी उपभोगमा भएको बृद्धिका कारण विमानको आपूर्ती पनि बढ्ने अनुमान एयरबसको छ ।

बोइङ विश्वकै दोस्रो ठूलो विमान निर्माता मर्मत, तालिम र उत्पादकहरुको नवीकरणको कामले विश्वमा विमानको संख्या अगामी सन् २०३६ सम्मको अवधिमा ४० हजार पुग्ने अनुमान गरिएको छ ।

यद्यपि मागको ठूलो परिणाम सँघुरो आकारको जेटको हुने लीही बताए ।

यसमा एयरबसको ए-३२० नेओ र बोईङ-७३७ म्याकसको हिस्सा ठूलो हुने छ । एयरबसले यस किसिमको विमान २४ हजार ८ सय ७ आपूर्ति गर्ने अपेक्षा गरेको छ ।

यी विमानको मूल्य २४ खर्व अमिरिकी डलर पर्ने छ । एयरबसले सानो आकारको ट्विन अस्ले विमानको मागमा तीव्रदरले बृद्धि हुने प्रक्षेपण गरेको छ ।

तर विमान उत्पादक कम्पनीले ए–३८० सुपरजम्बो वाईडबडी जस्ता ठूला विमानको माग ओरालो लाग्ने प्रक्षेपण समेत गरिएको छ ।

बोइङले वाइडबडी जेटमा आफ्नो ध्यान केन्द्रित गरेकाले २ सय २० देखि २ सय ७० सिटे विमानको क्षेत्रमा चर्को प्रतिस्प्रर्धा हुने अपेक्षा गरिएको छ ।

बोईङ प्रस्तावित नयाँ मध्य बजारको जेटमा एयरबसको आफ्नो राम्रो बिक्री भएकोले ए-३२० निओलाई जोडतोडका साथ प्रस्तुत गरिरहेको छ । एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल