तिब्बतबाट सगरमाथा चढ्न रोक, नेपाललाई फाइदा



काठमाडौं । विश्वका आरोहीहरुले अव नेपाल तर्फबाट मात्र सगरमाथा आरोहण गर्न सक्ने भएका छन । चीनले तिब्बत तर्फबाट सगरमाथा आरोहणका लागि आगामी सिजनको लागि रोक लगाउने सूचना सार्वजनिक गरेसंगै आरोहीहरुले नेपाल तर्फबाट मात्र आरोहण अनुमति पाउने भएका हुन ।

तिव्वत तर्फबाट वार्षिक ६ सय भन्दा बढीले सगरमाथा अरोहण गर्दै आएका छन । नेपाल तर्फबाट भन्दा आरोहण गर्न सजिलो हुने भएकोले धेरै आरोहीले तिव्वत तर्फबाट पनि आरोहणका लागि जाने गरेका छन ।

नेपाल तर्फबाट यसअघि आरोहण अनुमति नलिई सगरमाथा चढ्ने प्रयत्न गरेका दक्षिण अफ्रिकाका आरोही रायन सिन डेभीलाई १० वर्षको आरोहण प्रतिवन्ध नेपालले लगाएको छ ।

चीनले तिब्बततर्फ आरोहीको नाममा गैरकानूनी गतिविधी बढेको भन्दै आरोहीलाई रोक लगाउने निर्णय गरेको बेलायतको संचार माध्यम डेलिमेलले जनाएको छ ।

डेलिमेलका अनुसार पोल्यान्डका आरोही जेनुज एडम एडाम्स्कीले आरोहणका क्रममा गैरकानुनी रुपमा सगरमाथाको नाप लिने प्रयास गरेको भन्दै कानुनी स्पष्टताका लागि आगामी सिजन आरोहणका लागि बन्द गरेको छ ।

चीन तिब्बत पर्वतारोहणले संघले विज्ञप्ती मार्फत आरोहण अनुमती नदिने जनाएको । संघले हालै जारी गरेको विज्ञप्तीमा एडाम्स्कीले पर्वतारोहणको नियमविपरीत उत्तरतर्फबाट नेपालको दक्षिणतर्फको भागमा प्रवेश गरेको आरोप लगाएको छ ।

पर्वतारोहण सम्बन्धी आन्तरिक कानुन परिमार्जनका लागि शरद ऋतुमा आरोहणनै बन्द गर्नुपरेको स्पष्ट पारेको छ । आरोहणको कानुनी स्पष्टता तथा अन्य समस्या समाधान गर्दै सन् २०१८ मा आरोहणका लागि सहज परिस्थिती निर्माण गर्न पनि अनुमति दिन बन्द गरिएको संघले जनाएको छ ।

नेपाल तर्फबाट यसअघि आरोहण अनुमति नलिई सगरमाथा चढ्ने प्रयत्न गरेका दक्षिण अफ्रिकाका आरोही रायन सिन डेभीलाई १० वर्षको आरोहण प्रतिवन्ध नेपालले लगाएको छ ।

चालु सिजनमा ४ सय ४५ आरोहीले सगरमाथा आरोहण गर्न सफल भएका छन । यसवर्ष ७ सय भन्दा बढीले आरोहण गर्ने अनुमान गरिएको भएता पनि मौसमले साथ नदिदाँ गत वर्ष भन्दा पनि आरोहण घटेको हो ।

सन् २०१६ को यो सिजनमा ४ सय ५१ आरोहीले सगरमाथा आरोहण गरेका थिए । यस सिजनसंगै विश्वको अग्लो सगरमाथा आरोहण गर्ने आरोहीको संख्या ५ हजार ३ सय २४ पुगेको पर्यटन विभागले जानकारी दिएको छ ।

चालु सिजनमा नेपाली र विदेशी गरेर ७ सय भन्दा बढी सगरमाथा आरोहणको लागि त्यसतर्फ लागेका थिए । सगरमाथा आरोहणको मुख्य सिजनमा जेठको १५ गतेसम्म मात्र रहेको थियो ।


क्लिकमान्डु