वायुसेवालाई जहाज खरिद गर्न नागरिक लगानी कोषले दियो १२ अर्ब ऋण



काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज खरिदको लागि नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण दिने भएको छ । ऋण सम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार निगमले १५ वर्ष अवधीभित्र ९ प्रतिशत ब्याजदरको दरले ऋण चुक्ता गर्ने छ ।

आइतवार निगम र संचयकोषबीच पनि १२ अर्व ऋणसम्झौतामा हस्ताक्षर भएको थियो । निगमले अव पहिलो किस्ताको रकम राष्ट्रबैंकले डलर सटहीको सुविधा दिएलगत्यै पठाउने निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै कंसाकारले अव आगामी सन् २०१८ को जुन महिना भित्रै दुई थान एयरबस ३३०/२०० सिरिजको वाईडबडी जहाज नेपाल आइसक्ने जानकारी दिए ।


क्लिकमान्डु