जनता बैंकले एकैपटक माग्यो १५० कर्मचारी




काठमाडौं । जनता बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले १ सय ५० पदका लागि आवेदन माग गरेको हो ।

बैंकले जुनियर असिस्टेन्ट एक सय जना, म्यानेजमेन्ट ट्रेनि २५ जना र चार्टर्डअकाउन्ट २५ जना माग गरेको छ ।

बैंकले जुनियर असिस्टेन्टका लागि स्नातक उर्तीण र २८ वर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछन् ।

म्यानेजमेन्ट ट्रेनिका लागि स्नातकोत्तर उर्तीण र ३० वर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछन् ।

चार्टडअकाउन्टका लागि योग्य चार्टर्डअकाउन्टेन्ट र सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई विषेश प्राथमिकता दिनेछ । ३५ वर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले बैंकको उपत्यका तथा उपत्यका बाहिरको ब्रान्चमा काम गर्नु पर्ने हुन्छ । कम्प्युटर र माइक्रोसफ्ट अफिसमा दक्ष तथा नेपाली र अंग्रेजी भाषामा दखल भएकाले आवेदन दिनसक्नेछन् ।

आवदेकले असार ६ गतेभित्रमा www.growthseller.com/job/apply_job_spec/403 मा आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल