किन आए २४ हजार विदेशी व्यापारी नेपालमा ?



काठमाडौं । सन् २०१६ मा व्यापारिक उद्देश्यले २४ हजार ३ सय २१ विदेशी नेपाल आएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलव्ध गराएको तथ्यांकमा व्यापरिक उद्देश्यले नेपाल आउने पर्यटक सख्या प्रत्येक वर्ष बृद्धि हुदै गएको देखिन्छ ।

पर्यटक भिषामा आउने उनिहरु व्यापरिक उद्देश्यले नेपाल आउने गरेका छन । जुन पर्यटक जम्मा संख्याको ३.२३ प्रतिशत हिस्सा रहेको छ । जुनमा धेरैजसो चिनियाँ हुने गरेका छन ।

नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सवैभन्दाबढी विदा÷मनोरन्जनको उद्देश्यले आउने गरेका छन । जुन उद्देश्यमा सन् २०१६ मा ४ लाख ८९ हजार ४ सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन ।
जुन जम्म पर्यटक संख्याको ६५ प्रतिशत हिस्सा हिस्सा हो । सन् २०१६ मा ७ लाख ५३ हजार २ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तैगरी जम्मा पर्यटकको ११ प्रतिशत धार्मिक पर्यटक रहेका छन ।

२०१६ मा तिर्थयात्रीको रुपमा आउने पर्यटक संख्या ८२ हजार ८ सय ३० पुगेको छ । त्यस्तैगरी पर्वतारोहण तथा पदयात्रामा ६६ हजार ४ सय ९० पर्यटक नेपाल आएका छन । जुन जम्मा पर्यटक संख्याको ८.८३ प्रतिशत हिस्सा रहेको छ ।

कार्यालय सम्बन्धी उद्देश्यले २१ हजार ९ सय पर्यटक नेपाल आएका छन । जुन उद्देश्यको हिस्सा २.८३ प्रतिशत रहेको छ । त्यस्तैगरी माइस पर्यटन अर्थात सभा÷सम्मेलन आउने पर्यटक संख्या सन् २०१६ मा १२ हजार ८ सय १ जना नेपाल आएका छन ।

जुन जम्मा संख्याको १.७ प्रतिशत हो । त्यस्तैगरी अन्य उद्देश्यले नेपाल आउने भने जम्मा पर्यटकको ७.४१ प्रतिशत हिस्सा रहेको छ । सन् २०१६ मा अन्य उद्देश्यले नेपाल आउने पर्यटक संख्या ५५ हजार ७ सय ९७ रहेको छ ।


क्लिकमान्डु