के अझै चिलिमेको सेयर ‘ब्लु चिप’ नै हो ?



ग्राफमा भएको सेयर मूल्य वितेका ५ वर्षयताको यसै समय ताकाको हो ।

काठमाडौं ।  चिलिमे जलबिद्युत उत्पादन गर्ने उद्देश्य साथ सन् १९९५ मा स्थापना भएको कम्पनी हो । यस कम्पनीमा नेपाल बिद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर छ भने ४९ प्रतिशत सेयरमा सर्वसाधारणको लगानी छ, जसमा प्रभावित क्षेत्रका बासिन्दालाई दिइएको १० प्रतिशत सेयर पनि समावेश छ ।

चिलिमेले २२.१ मेगावाट क्षमताको पावर प्लान्ट सन् २००३ देखि संचालन गर्दै आएको छ । चिलिमेले रसुवागढी, मध्ये भोटेकोशी र सान्जेन गरी ३ सहायक कम्पनी पनि स्थापना गरेको छ । यी तीन सहायक कम्पनीद्धारा चिलिमे २७०.३ मेगावाट जलबिद्युत निमार्ण गर्ने क्रममा छ ।

ब्लु चिप सेयरको यो ब्याख्याका हिसाबले चिलिमे अझै पनि ब्लु चिप सेयर नै हो । तर, पछिल्लो समय सेयरको आपुर्ति बढ्दै जाँदा सेयर मुल्य भने घट्दै गएको छ । र, २/३ बर्ष अघि प्रतिकित्ता २५ सय भन्दा बढिमा सेयर खरिद गरेका लगानीकर्ता भने धेरै गुमाएका छन् ।

नेप्सेमा चिलिमे

चिलिमेले नेप्सेमा ३ करोड ४४ लाख ७९ हजार २ सय ४५ कित्ता सेयर सूचीकृत गरेको छ । र, कम्पनीको कुल चुक्ता पूँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार ५०० रुपैंयाँ रहेको छ । हाल कम्पनीको कुल बजार पूँजीकरण २८ अर्ब ४४ करोड रुपैंयाँ रहेको छ ।

कुनै समय चिलिमेको सेयर नेपालको सेकेन्डरी मार्केटमा ‘ब्लु चिप’ सेयर भनेर चिनिन्थ्यो । सन् २०१४ मा नेप्से परिसूचक १०५० हुँदा चिलिमेको सेयर मुल्य २७ सय ५८ रुपैंयाँ थियो । तर, हाल नेप्से १६ सय हाराहारी हुँदा चिलिमेको मुल्य ८ सयको हाराहारी मा छ ।

चिलिमेको चुस्त ब्यवस्थापन गरिरहेका कुलमान घिसिङले छाडेपछि पनि लगानीकर्ता केही हतास भएका हुनसक्छन् ।

पछिल्लो समय नेपालको सेयर बजार बुलिस ट्रेण्डमा रहेको समयमा पनि जलबिद्युत क्षेत्र भने बियर ट्रेण्डमै रह्यो । लगानीकर्ताहरु बीमा, बैंक, बिकास बैंक र लघुबित्तमा झुम्मिए ।

कुनै समय नेपालको सेयर बजारमा जलबिद्युत क्षेत्रको प्रतिनिधित्व चिलिमेले मात्र गर्दथ्यो भने अहिले अरु कम्पनी पनि थपिएका छन् । साथै बोनस सेयर दिएका कारण पनि चिलिमेको सेयर आपुर्ति बढ्न थालेको छ । सेयर मुल्य घट्नुमा यो पनि प्रमुख कारण हुनसक्छ । सेयर संख्या बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घट्न थालेको छ ।

जलबिद्युत आयोजनाको उत्पादन क्षमता निश्चित हुने हुँदा आम्दानी अन्य ब्यवसायको जस्तो प्रत्येक बर्ष बढ्दै जाने भन्ने हुँदैन । यसकारण प्रतिसेयर आम्दानी घट्नु स्वभाविकै हो ।

चिलिमेको चुस्त ब्यवस्थापन गरिरहेका कुलमान घिसिङले छाडेपछि पनि लगानीकर्ता केही हतास भएका हुनसक्छन् ।

के चिलिमे अझै ब्लु चिप सेयर हो ?

ब्लु चिप सेयर भन्नाले सामान्यतः ठूला, प्रतिष्ठित, बित्तीय रुपमा चुस्त, लामो अबधिदेखि सन्चालनमा आएका र बार्षिकरुपमा आकर्षक लाभांश दिने कम्पनीलाई चिनिन्छ । ब्लु चिप कम्पनीको बजार पूँजीकरण अर्बौंमा हुन्छ । र, समान्यतः आफ्नो क्षेत्रको नेतृत्वकर्ता हुन्छ ।

ब्लु चिप सेयरको यो ब्याख्याका हिसाबले चिलिमे अझै पनि ब्लु चिप सेयर नै हो । तर, पछिल्लो समय सेयरको आपुर्ति बढ्दै जाँदा सेयर मुल्य भने घट्दै गएको छ । र, २/३ बर्ष अघि प्रतिकित्ता २५ सय भन्दा बढिमा सेयर खरिद गरेका लगानीकर्ता भने धेरै गुमाएका छन् ।

प्रतिसेयर आम्दानी घट्दै गएका कारण लाभांशमा पनि केही बर्षदेखि गिरावट आए पनि अन्य जलबिद्युत कम्पनीको तुलनामा भने लाभांश आकर्षक नै छ ।

तर, अन्य ब्यवसायको जस्तो प्रत्येक बर्ष ब्यवसाय बढ्दै जाने नहुने कारण आइपिओमा सेयर किनेका लगानीकर्तालाई जस्तो दोस्रो बजारमा सेयर किन्ने लगानीकर्तालाई त्यति फाइदा भने हुँदैन ।


पुष्प दुलाल