प्लस टु पास गर्नेलाई बैंकमा जागिर खाने अवसर



काठमाडौं । सिन्धु विकास बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले डिपुटी चिफ एक्जिक्युटिभदेखि जुनिर असिस्टेन्टका लागि आवेदन माग गरेको हो ।

बैंकले डिपुटी चिफ एक्जिक्युटिभका लागि आवेदन माग गरेको छ । बैंकले स्नातकोत्तर उर्तीण र कर्मर्सियल बैंकमा ५ वर्षको म्यानेजर तहमा काम गरेकाले आवेदन दिन सक्ने जनाएको छ ।

बैंकले डिपुटी जेनरल म्यानेजरका लागि पनि आवेदन खुलाएको छ । डिपुटी जेनरल म्यानेजरका लागि बैंकले स्नातकोत्तर उर्तीण र वित्तीय क्षेत्रमा म्यानेजर स्तरमा ३ वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने जनाएको छ ।

यस्तै, बैंकले डिर्पाटमेन्ट हेडका लागि कर्मश वा अर्थशास्त्रमा स्नातक उर्तीण र ३ वित्तीय क्षेत्रमा ३ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले ब्रान्च म्यानेजरका लागि पनि आवेदन माग गरेको छ । ब्रान्च म्यानेजरका लागि कर्मशमा तथा अर्थशास्त्रमा स्नातक उर्तीण र २ वर्षको वित्तीय क्षेत्रमा अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

साथै, बैंकले सुपरभाइजर÷सिनियर असिस्टेन्टका लागि आवेदन खुलाएको छ । सुपरभाइजर÷सिनियर असिस्टेन्टका लागि बैंकले प्लस टु उर्तीण र वित्तीय क्षेत्रमा इन्टनसिप गरेकालाई प्राथमिकता दिने जनाएको छ ।

आवेदकले असार १४ गते भित्रमा बैंकको मेल [email protected] मा आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल