लोकसेवामा ६ लाखको आबेदन, कुन जातको कति ?



काठमाडौं । गत आर्थिक वर्षमा लोकसेवा आयोगले ५ लाख ९५ हजार ३१ विभिन्न पदमा आवेदन गर्यो । जसमा सबैभन्दा बढी पहाडमा बस्ने बाहुन समुदायबाट १ लाख ६६ हजार ९ सय ६५ जनाले आवेदन दिए ।

दोस्रोमा १ लाख ४ हजार ८९ जना क्षेत्री समुदायबाट थिए । लोकसेवा आयोगको तथ्यांक अनुसार गत वर्ष कुल माग भएको संख्यामा आवेदन गर्ने बाहुन क्षेत्रीको संख्या ४५ प्रतिशत थियो । बाँकी अन्य समुदायको रहेको थियो ।

अन्य समुदायमा गतवर्ष सबैभन्दा बढी आवेदन मगर सहुदायबाट परेको थियो । गतवर्ष ३६ हजार ३ सय ९८ जना आवेदन मगर समुदायबाट परेको थियो । सीमान्तकृत मानिएको दलित समुदायको कामी समुदायबाट ११ हजार ९ सय ३ जनाले आवेदन दिएका थिए ।

तराई मधेशमा भने थारुबाट ३५ हजार ६ सय १०,यादवबाट ३१ हजार ६ सय ८० र तेलीबाट १३ हजार २६ जनाले आवेदन दिएका थिए ।

लोकसेवाको तथ्यांकले नेपालमा बस्ने जातजातीमा सबैभन्दा बढी आकर्षण बाहुन क्षेत्रीकै रहेको देखाएको छ ।

अवसर कम भएको हुँदा लोकसेवाले निकाल्ने पदमा अत्याधिक आवेदन पर्ने गरेको छ ।

अहिले लोकसेवाले लिने परीक्षामा ५५ प्रतिशत खुला र ४५ प्रतिशत सिट आरक्षण रहेको छ । जसमा ४५ प्रतिशत आरक्षणलाई सतप्रतिशत मान्दा महिला ३३ प्रतिशत,आदीवासी जनजाती २७ प्रतिशत,मधेशी २२,दलित ९,अपांग ५ र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत छुट्टाइएको छ ।

लोकसेवा आयोगका अनुसार गतवर्ष सबैभन्दा बढी दरखास्त मध्यमाञ्चलबाट परेको थियो । मध्यमाञ्चलमा बस्नेहरुले २९ प्रतिशत,पूर्वाञ्चलको २५ प्रतिशत,पश्चिमाञ्चलको २०,मध्यपश्चिमको १७ तथा सुदुरपश्चिमको ९ प्रतिशत आवेदन परेको थियो ।

मागभन्दा अत्याधिक आवेदन

सरकारी जागिर खाने इच्छा धेरै नेपालीको हुन्छ । निजी क्षेत्रमा रोजगारीको अवसर राम्रो नभएको तथा सुरक्षित जीवनको लागि सरकारी जागिर धेरै नेपालीको एउटा सपनापनि हो ।

यस्तो सपना भने न्यून व्यक्तिलाई मात्र पुरा हुने गरेको छ । गतवर्ष १३ हजार ४७ जना गरेर विभिन्न पदमा माग ५ लाख ९५ हजार ३१ जनाले आवेदन दिएका थिए ।

अवसर कम भएको हुँदा लोकसेवाले निकाल्ने पदमा अत्याधिक आवेदन पर्ने गरेको छ ।

६७ वर्षमा लोकसेवा आयोग

सरकारी जागिर खानको लागि लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्छ । २००८ सालमा स्थापना भएको लोकसेवा आयोग गठन भएको हो ।

संवैधानिक निकाय लोकसेवा आयोगप्रतिको भरोसा अहिलेपनि अत्याधिक छ । लोकसेवाले लिने परीक्षा र नतिजासँग सर्वसाधारणको सन्तुष्टी छ ।

त्यही कारणले नै होला लोकसेवा आयोगले लिने परीक्षाले दुर दराजदेखि राज्यसँग साइनो नगासिएका समुदायलाईपनि सरकारी जागिर खाने अवसर जुटाइदिएको छ ।


पुष्प दुलाल