स्मार्टफोन तातेर हैरान हुनुहुन्छ ? त्यसोभए यसो गर्नोस्



 

काठमाडौं । जेठ महिनाको सुरुवातसँगै गर्मी बढेर आएको छ । जेठको गर्मीबाट मानिस मात्रै नभएर मानिकको दैनिकीसँग जोडिएको स्मार्टफोन पनि पिडीत हुने गरेको छ ।

तातोका कारण स्मार्टफोन ह्याङ हुने, छिटै ब्याट्री सकिनेलगायत समस्या आउने गरेका छन् । फोनको तापक्रम प्रयोगकर्तामा निर्भर हुन्छ ।

प्रयोगकर्ताका कारणले फोन तात्ने भएकाले फोनलाई तात्नबाट जोगाउन प्रयोगकर्ताले आफ्ना केहि आदतमा परिवर्तन गर्नु पर्ने हुन्छ । यसका केहि उपायहरु तल दिइएका छन् ।

कभर नराख्ने

स्मार्टफोन प्रयोगकर्ताले फोनको सुरक्षाका लागि कभर राख्ने गरेका छन् । गर्मीको मौसममा घाममा हिड्नु परेमा फोनको कभर झिकेर बोक्ने । कभरले फोनमा अतिरक्त हावा र्छिनबाट रोक्छ र फोन छिटै तातिन्छ ।

डिभाइसहरुलाई छुट्टै राख्ने

गर्मीको समयमा तपाईसँग दुईवटा डिभाइस छ भने त्यसलाईसँगै राख्नु हुँदैन । दुई डिभाइसलाई एकै स्थानमा राखिएमा एकअर्काको सम्र्पक्रमा तापक्रम छिटो बढ्छ । धेरै मानिसहरुले ब्याअप र मोबाइलसँग राख्ने गरेका छन् । यस्तो गरिमा पनि मोबाइबल फोन सेलाउन पाउँदैन ।

एप्स र सर्भिस बन्द गर्ने

यदि फोनको ब्लूटूथ, एलटीई, वाई–फाई र जिपिएस प्रयोग नभएको अवस्थामा बन्द गर्ने । यी एप्स र सर्भिस खुल्लै राखिएमा फोनको सिस्टम चल्ने भएकाले फोन छिटै तात्छ ।

घाममा फोन नचालउने

घाममा बसेर फोन चलाउँदा फोन छिटै तात्छ । त्यसैले घामको प्रत्यक्ष सम्र्पक आउने स्थानमा सकभर फोनको प्रयोग कम गर्ने ।

चार्चबाट झिक्ने बित्तिकै नचलाउने

फोन चार्च गर्दा फोन तात्छ । त्यसैले, चार्चबाट झिक्ने बित्तिकै फोनको प्रयोग गर्दा झनै छिटो तात्छ ।

गेम धेरै नखेल्ने

अन्य कार्यको तुलनामा फोनमा गेम खेल्दा फोन छिटै तात्छ । भिडियो हेर्दा, गीत सुन्दा भन्दा गेम खेल्दा फोनको तापक्रम बढ्नेका साथै ब्याट्रि पनि छिटो सकिन्छ ।

लामो समय खल्ती नराख्ने

हामीमध्ये धेरैकोे फोन खल्तीमा राख्ने गरेका छौं । घर वा अफिसमा बस्दा फोन खुल्ला ठाउँमा राख्नुपर्छ । फोन खल्तीमा राख्दा शरिरको तापक्रम फोनको सम्र्पकमा आउँछ । जसका कारण फोन सेलाउन पाउँदैन ।


पुष्प दुलाल