लोकसेवाका सबै सूचना अब तपाईंकै मोबाइलमा



काठमाडौं । लोकसेवा आयोगले निकाल्ने सूचना तथा जानकारीहरु अब तपाईंले आफ्नो मोबाइलमै हेर्न पाउनु हुने भएको छ ।

यसअघि कि त लोकसेवा आयोगको वेबसाइट कि त सरकारी पत्रिका खोरखापत्रमा हेर्नुपर्ने बाध्यता थियो ।

आयोगले ६७ वर्ष पुरा गरेको अवसरमा प्रविधिलाई आत्मसाथ गर्दै लोकसेवाका गतिविधिहरु मोवाइलमै हेर्ने व्यवस्था मिलाएको हो ।

आयोगले ‘पीएससी नेपाल’ मोबालल एप्स सार्वजनिक गरेको छ ।

तपाईंले आफ्नो मोवाइलको प्ले स्टोरमा गएर ‘पीएससी नेपाल’ डाउनलोड गरी लोकसेवा आयोगले निकाल्ने परीक्षाको सूचना, नतिजा लगायत हेर्न सक्नुहुनेछ ।


पुष्प दुलाल