पञ्चकन्या ग्रुपले दियो प्लम्बरलाई तालिम



पञ्चकन्या ग्रुपले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तर्गत प्लम्बर तालिम काठमाडौंमा सफलतापूर्वक आयोजना गरेको छ ।

यही मिति २०७४ जेठ ३ गतेदेखि २०७४ आषाढ १ गतेसम्म संचालित प्लम्बर तालिममा ५७ जनाले तालिम लिएका थिए भने जसमा २ जना महिलाहरु समेत सहभागी थिए । सहभागीहरुलाई जापानको प्रसिद्ध कम्पनी सेइकिस्युको अगुवाईमा भारतको स्टारलाईन कम्पनीका दक्ष प्रशिक्षकहरुद्वारा अन्तर्राष्ट्रिस्तरको प्लम्बर तालिम निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।

देशमा बढ्दै गएको बेरोजगारी समस्या हल गर्न र कामको खोजीमा विदेशीने युवाहरुलाई यस्ता तालिमले स्वदेशमा नै रोजगारी सिर्जना गर्न केही हदसम्म सहयोगी हुने देखिन्छ । साथै आम युवाहरुको चाहना पनि स्वदेशमै सीप सिकेर केही गर्ने उद्धेश्य पुरा गर्न र दक्ष प्लम्बरको कमीलाई परिपुर्ति गर्न यो तालिम धेरै सफल हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु