हरेक एक घण्टामा २४ करोडले सम्पत्ती बढाउदै, बिल गेट्सलाई टक्कर दिदै एक व्यक्ति



विश्वमा सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई टक्कर दिने व्यक्ति आएका छन् । गतवर्ष ती व्यक्तिको सम्पत्ती सबैभन्दा बढी बढेको छ । ती व्यक्तिको सम्पत्ती हरेक घण्टा २४ करोड रुपैयाँले बढेको छ ।

यो तथ्यांकले यी व्यक्तिले केही समय भित्रमा बिल गेट्सलाई पछाडी छाडेर विश्वकै धनी व्यक्ति बन्न सक्ने देखिन्छ ।

तपाईलाई लाग्न सक्ला बिल गेट्सलाई पछाडी पार्न सक्ने व्यक्ति को हुन् । तपाईले सोच्नु भयो होला उनी फेसबुकका मालिक मार्क जुबरबर्ग हुन् । यो सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ ।

तपाईलाई ति व्यक्तिको बारेमा जानकारी नभएपनि कम्पनीको बारेमा भने जानकारी पक्का छ । उनी अमेजनडटकमका फाउन्डर जेफ बेजोस हुन् । अमेजनका फाउन्डर बेजोसको यसरी सम्पत्तीमा बृद्धि हुँदै गएको जसले बिल गेट्सलाई जित्न सक्ने देखिन्छ ।

एक वर्षमा उनको सम्पत्ती २० अर्ब अमेरिकी डलर बढेको छ । जसबाट बेजोसका कुल सम्पत्ती ८६ अर्ब अमेरिकी डलरको भएको छ । अहिले बिल गेट्सको सम्पत्ती ८९ अर्ब अमेरिकी डलर छ ।

तथ्यांक हेर्ने हो भने बिल गेट्सको सम्पत्ती हरेक घण्टा ९ करोड ६० लाख रुपैयाँले बढेको छ ।
बेजोसको सम्पत्ती गेट्सको तुलनामा ३ गुणाले बढीरहेको छ । बेजोसको सम्पत्ती एक वर्षमा हरेक घण्टा २४ करोड रुपैयाँले बढेको छ । ऐजेन्सी


क्लिकमान्डु