यति कार्पेटमा आगलागी, क्षती विवरण आउन बाँकी




भक्तपुर । यति कार्पेट इन्डस्ट्रिजमा गएराति झण्डै ११ः३० बजे आगलागी भएको छ । राति ११. ३० बजेबाट सुरु भएको लागलागी बिहान ७ः३० बजे मात्र नियन्त्रमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

करिब ८ घण्टा पछि नियन्त्रमा आएको आग्लागीबाट कति क्षेती भयो त्यसको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए ।


क्लिकमान्डु