नयाँ जहाज किन्न नदिन सक्रिय हवाइ माफियाहरु यो पटक चित खाए



वाइडबडी जजहाज खरिद गर्न पहिलो किस्ता पठाउनुभयो । अब वायुसेवा निगम कसरी अघिबढ्छ ?

यो त एउटा सुरुवात हो । दुईवटा वाइडवडी जहाज खरिद गर्न ८ अर्ब रुपैयाँ पठाइएको छ । १६ अर्ब रुपैयाँ पठाउनै बाँकी छ । अबको एक वर्षभित्रमा दुई जहाज नेपाल आइसक्छन् । हरेक वर्ष सकिन्छ भने दुईवटा नभए एउटा जहाज खरिद गर्नुपर्छ ।

वाइडवडी मात्र होइन न्यारोवडी पनि खरिद गर्ने हो । अहिले भारतमा मध्यमवर्ग बढेको छ । जस्तो कानपुर, अमदावादको भारतीयलाई नेपाल आउन सजिलो छैन । त्यहाँबाट सीधा उडान छैन, मुम्बई जानुपर्छ । यसरी भारतका विभिन्न सहरमा सीधा हवाई उडान थप्ने हो भने पर्यटक बढ्छन् ।

केही दिनअघि मेरो कार्यालयमा मुम्बईको ठूलो ट्राभल एजेन्सीका संचालक आएका थिए । उनी २० वर्षपछि काठमाडौं आएका थिए । उनले सराङकोट गएपछि स्वीजरल्याण्ड जानु नपर्ने रहेछ भन्दै थिए । यस्तै हात्ति चढेर जंगलमा गैडा हेर्न अफ्रिका नै पुग्नुपर्छ भन्ने बुझाई भारतीयको छ । मुम्बई भनेको आर्थिक राजधानी हो । त्यहाँको युवा पुस्तालाई केही पनि जानकारी छैन भनेर सुनाएका थिए ।

सरकारले न्यूनतम पनि हरेक वर्ष पर्यटन प्रवद्र्धनको ५० करोड बजेट राख्नुपर्छ । सिएनएन बिबिसी र भारतको स्टार प्लस चीनको लोकप्रिय च्यानलमा नेपालको बारेमा प्रमोशन गर्नुपर्छ । त्यसपछि पर्यटक आउँछन् । त्यसपछि जहाज चलिहाल्छ ।

हामीसँग पर्यटनको सम्भावना भएपनि कनेक्टिभिटी भएन भन्न खोज्नुभएको हो ?

नेपालमा अहिले २६ वटा विदेशी वायुसेवा कम्पनीले उडान गर्छन् । तर, सहज कनेक्टिभिटी भएन । तपाईहरु आउनुभन्दा अघि दुईजना क्यापेटहरु आउनु भएको थियो । जसमा एकजनाको छोरा म्युनिकमा छन् । उनलाई नेपाल आउनको लागि महंगो पर्छ । बिदामा नेपाल आउन सकिएन भन्ने गुनासो गर्छन् । पर्यटकहरु सस्तो जता पर्छ, त्यतै जान्छन् ।

बोस्टनदेखि दिल्लीसम्मको सस्तो फेयर ८ सय अमेरिकी डलर पर्छ नेपालको १२ सय अमेरिकी डलर पर्छ । बोस्टनबाट दिल्ली र काठमाडौको दुरी त्यति फरक छैन । यतिधेरै महंगो हवाई भाडा छ । महंगो भाडा भएपछि कसरी नेपालमा पर्यटक आउँछन् ? २६ वटा वायुसेवा कम्पनीले उडान गरे पनि नेपालमा पर्यटकको संख्या नबढ्नुको एउटा कारण महंगो भाडा हो ।

बैंकक पुगेपछि १० डलरको कोठापनि पाइन्छ भने एक हजार डलरको कोठापनि पाइन्छ । यस्तै स्ट्रेट फुड सस्तोमा पनि पाइन्छ । नेपालमा पनि अवस्था त त्यही हो । १० डलरको कोठा पनि पाइन्छ एक हजार डलरको कोठा पनि पाइन्छ । यो कुरा हामीले धेरैलाई बुझाउन सकेनौं ।
होटल व्यवसायीहरुका अनुसार अबको तीन वर्षपछि वर्षको २० लाख पर्यटक आए पनि धान्न सकिने होटल बन्दैछन् । अहिले बल्ल ६ देखि ७ लाख पुगेका छन् । होटलको संख्यामा बृद्धि भए अनुसारको पर्यटक नआए त्यसमा भएको लगानी डुब्ने छ ।

वायुसेवाको जहाज नबढ्दासम्म पर्यटक नआउने देखियो । तपाईले जहाज खरिद गर्न खोज्दा जेलपनि जानुपर्यो । जहाज कम्पनीलाई जहाज खरिद गर्न के समस्या देखियो ?

त्यो समयमा बिमान खरिद रोक्नका लागि पैसा खर्च गर्यो । त्यो बेला जहाज खरिद प्रक्रिया रोक्ने समुहलाई पर्यटन क्षेत्रका व्यवसायीहरुले हवाई माफिया नामाकरण गर्नु भएको थियो । नेपालको विकासको काममा निजी क्षेत्रले धेरै नै सहयोग गरेको जहाज खरिद गर्नको लागि हो । एउटा सरकारी संस्थानलाई टेवा दिएका थिए । त्यो बेला ६ वटा जहाज खरिदको लागि टेण्डर गरेको हो । त्यो बेला प्रधानमन्त्रीले अडान लिएको भए यतीबेला वायुसेवा निगमसँग १० वटा जहाज हुन्थ्यो ।

त्यो बेला बिडम्बना एउटा घटना भयो । त्यो घटनाले गर्दा अहिले सरलिकरण भएको हो । जहाज खरिद गर्नु भनेको विकासको काम भन्ने धेरैले बुझे ।

हवाई माफियाको नेक्सस तोड्न तपाईलाई कत्तिको गाह्रो भयो ?

त्यो बेला गार्यो भएर त म जेलपनि जानुपर्यो । उनीहरु असफल भए । यो पटक हवाई माफियाहरु निगमलाई नयाँ जहाज ल्याउन नदिन सक्रिय भएका थिए । तर, सफल भएनन् । यो कुर्सीमा बसेर मेरो काम जहाज खरिद गर्ने र त्यसलाई चलाउने हो ।

मैले कुनैबेला भनेको थिएँ, पान पसल र वायुसेवा कम्पनीमा केही फरक छैन । पान पसलेले पान ल्याउने र बेच्ने हो । यस्तै हाम्रो काम जहाज खरिद गर्ने र त्यसलाई चलाएर नाफा गर्ने हो । तपाईंहामी कुनै पान पसलमा पान गयौं । तर, पान पसलेले पान आज सकियो भोलि आउनुहोस् भन्दा कस्तो हुन्छ ? त्यस्तै हालत अहिले वायुसेवा निगमको छ । जहाज चढ्न आउनेलाई सिट नभएर फर्काउनु परेको छ ।

भारतमा सबैभन्दा बढी घुम्नेमा बंगाली र गुजराती रहेछन् । वायुसेवाको त्यही स्थानमा सीधा उडान छैन । म अहमादवाद सुरु गर्ने योजनामा छु । यस्तै कलकत्तामा सुरु गर्ने तयारीमा छौं । केहीले जयपुर जानपनि सुझाव दिनु भएको छ । माग आएको छैन । तर, उडानको लागि जहाज नै छैन ।

अहिले पनि एकजना व्यक्ति मन्त्रीकहाँ गएर जहाज खरिद गरेपछि वायुसेवा कम्पनी डुब्छ भनेर भनेछन् । बैना रकम पठाउनुअघि केही सक्रिय थिए । मैले त्यहीबेला मन्त्रीलाई भनेको थिएँ कि २ सय कम्पनीले वाइडवडी चलाउन सक्ने हामीले चलाउन नसक्ने भन्ने हुन्छ ?

हामी नजिकको भारतलाई प्राथमिकता दिन्छौं कि युरोप र अमेरिकासम्म पुग्छौ ?

पहिलो प्राथमिकता भारत र त्यसपछि चीन हो । त्यसपछि हामी युरोपका गन्त्तव्य त जानुनै पर्छ । संसारका धनी देशमा अहिलेपनि भारत र चीन पर्दैनन् । धनी देशकै पर्यटक ल्याउनुपर्छ ।

त्यहाँ त घुम्ने कल्चर बढी छ । युरोप र अमेरिका ६ महिनामा काम गरेपछि घुम्न निस्कने गर्छन् । त्यसलाई हामीले क्यास गर्न सकेका छैनौं । मलेसियामा २ करोड पर्यटक पुग्छन् । त्यहा जंगल र समुन्द्र र केही मानव निर्मित कुरा बाहेक केही छैन । यस्तै सिंगापुरको अवस्थापनि त्यस्तै हो ।

युरोपको सीधा उडान हामी तुरुन्त गर्ने तयारीमा छौं । अहिले युरोपले लगाएको कालोसूचीले समस्या परेको छ । एयरबसले पनि हामीलाई अध्ययन गरेको दिएको रिपोर्टमा काठमाडौंदेखि लण्डन सीधा उडानमा फाइदा छ भन्ने थियो । लण्डन बिजी एयरपोर्ट भएको हुँदा ब्रसेल्स फ्रायङफर्ट पनि हाम्रो प्राथमिकतामा छ ।

६/७ वर्षअघि वायुसेवा कम्पनीले जहाज खरिद गर्न लागेको समयमा हवाई माफियाले जहाज चलाउन सक्दैन भनेर हल्ला चलाएका थिए । युरोपको एअरपोर्टमा अवतरण गर्न ठाउँ पाउँदैन भन्ने हल्ला चलाएका थिए । त्यही बेला मसँग बेल्जियमको राजधानी ब्रसेल्स एयरपोर्टको म्यानेजर आएर तपाईहरु लण्डन नजानुहोस् हामी सस्तो रेटममा ब्रसेल्समा आउन अफर गरेको थियो ।

अहिले पनि एकजना व्यक्ति मन्त्रीकहाँ गएर जहाज खरिद गरेपछि वायुसेवा कम्पनी डुब्छ भनेर भनेछन् । बैना रकम पठाउनुअघि केही सक्रिय थिए । मैले त्यहीबेला मन्त्रीलाई भनेको थिएँ कि २ सय कम्पनीले वाइडवडी चलाउन सक्ने हामीले चलाउन नसक्ने भन्ने हुन्छ ?

निगम प्रतिस्पर्धी बजारमा सीधै ‘फाइट’ गर्नेगरी अघि बढ्दैछ हो ?

नेपाल वायुसेवा कम्पनी स्थापनादेखि नै प्रतिस्पर्धी बजारमा टिकेको छ । नेपालका अन्य संस्थानमा नेपाल टेलिकमको एउटा प्रतिस्पर्धा छ । अरुको छ्रैन । वायुसेवा निगम संसारका खर्ब रकम भएका कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ । २६ वटा विदेशी कम्पनीसँग हामीले प्रतिस्पर्धा गरेका छौं । हामी नाफामा छौं । । र, तलब खुवाएका छौं ।

हामीसँग हवाईजहाज नभएपछि प्रतिस्पर्धा गर्न सकेनौं । चीनमा व्यापार गर्ने एक जना महिलाले सुनाउ भएको थियो, चारघण्टाको दुरीमा चार लाखसम्म भाडा लिएको छ । यस्तो अवस्थामा चीनबाट कसरी पर्यटक आउँछन् ।

नेपाल वायुसेवा कम्पनी जहाज नभएको हुँदा विदेशी कम्पनीको मोनोपोली छ । अब त्यो हट्छ ?

एकैपटक मुल्य घट्दैन विस्तारै घट्छ । जस्तो दिल्लीमा नेपाल वायुसेवा कम्पनीको जहाजको उडान थिएन । त्यो बेला भाडादर ५५ हजारसम्म पुगेको थियो । अहिले १५ हजारमा झरेको थियो । एभियसन बिजनेश अरुभन्दा फरक छ । चार दिनअघि त्यही टिकटको मुल्य १० रुपैयाँ पर्ने ४० रुपैयाँ पुग्छ । यसरी मुल्य लिदा कसैले केही भन्न पाइएन । जहाज उडेपछि त्यो सिट बिक्री गर्न नपाउने हुँदा भाडादर यस्तो स्वभाविक हो ।

जहाज आएपछि तपाईले कसरी प्राथमिकता राख्नु भएको छ ?

अहिले हामीले बैना पठाएपछि एक वर्षभित्रमा दुईवटा जहाज आउने छन् । हामी कोरिया र साउदी अरब जान्छौं । त्यसपछि जापानमा । अहिले भएको क्षेत्रमा उडान थप्ने हो । दुबईमा दिनको दुईवटा उडान गर्न माग आएको छ । क्लालाम्पुरमा पनि उडान थप्नको लागि माग आएको छ । मलेसियामा चारवटा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

तपाईको बिजनेश प्लान अनुसार चल्दा १० वर्षभित्रमा वायुसेवासँग कतिवटा जहाज हुन्छन् ?

घटीमा एउटा बढीमा दुईवटा जहाज खरिद गर्दै जाँदा २० देखि २५ वटा सम्म जहाज हुन्छ । त्यसपछि हाम्रो जहाज युरोप, अमेरिका र क्यानडासम्म सीधा उडान हुन्छ । नेपालको भविष्य कि जलविद्युत्मा छ कि त पर्यटनमा छ ।

नेपाल वायुसेवा कम्पनी बजेटमा जाने हो कि प्रिमियममा जाने हो ?

हामी प्रिमियमा जाने हो । अहिले बजेटको बारेमा प्रश्नपनि उठेको छ । एक ग्लास पानि पनि किन्नुपर्ने हुन्छ । पहिलेजस्तो प्रिमियम अहिले कुनैपनि वायुसेवा कम्पनीले गरेका छैनन् । थाई र सिंगापुरले पनि विस्तारै इकोनोमाइज गर्दै गएका छन् । हवाई व्यवसायमा भारतमा सातवटामा दुईवटा मात्र नाफामा छन् । यसको क्यास फ्लोले मात्र चल्ने हो ।

वायुसेवा निगममा रणनीतिक साझेदार कहिले आउँछ ?

रणनीतिक साझेदार ल्याउने सुरुवात नेपाल टेलिकमबाट भएको हो । त्यहाँ पनि आएको छैन । वायुसेवा निगममा रणनीतिक साझेदार ल्याउने कुरा गरेको छ । कम्पनीको मालिक सरकार हो । यो कुरा सरकारले गर्ने कुरा हो । वायुसेवा निगमलाई कस्तो गुणस्तरको संस्था बनाउने कुरा हो । आजको भोलि युरोपको स्तरमा पुरउन सकिन्छ भन्ने कुरा हो । यसमा सरकारले ध्यान दिएर निर्णय गर्छ । यसमा म धेरै कमेन्ट गर्दिन ।

दुईवटा जहाज आएपछि हाम्रो ‘क्यास फ्लो’ कति हुन्छ ?

अहिले हाम्रो मार्केट सेयर १० प्रतिशत छ । त्यसपछि १५ देखि १६ प्रतिशत पुग्छ ।

अब आन्तरिक उडानको कुरा गरौं । चिनियाँ जहाज ल्याएपछि वायुसेवा कम्पनी कसरी चल्छ ?

आजको मितिसम्म पनि नेपालमा युरोपस्तरको राजमार्ग छैन । आजको दिनमा राजधानी आउन चारदेखि पाँच दिन लाग्छ । यसलाई २५ मिनेटमा वायुसेवा कम्पनीले झार्ने गर्छन् ।

यसमा नेपाल एयरलाइन्स जस्तो सार्वजनिक संस्थानले घाटा हुने ठाउँमा नजाने भन्दा पाप लाग्ने कुरा हुन्छ । यसमा क्रस सब्सिडीमा जाने हो । एउटा राम्रो चल्ने बिस्कुटमा कमाएको पैसा नचल्ने बिस्कुटमा सस्तोमा जाने हो । हाम्रो अन्तराष्ट्रिय उडान र ग्राउन्ड ह्यान्डलबाट नाफा आएपछि आन्तरिक उडानमा नाफा नभएपछि जानुपर्छ ।

चिनियाँ जहाज कसरी चलाउने ?

यसमा हामीले कुराकानी गर्दैछौं । अहिले एम ३६० बाट धनगढीमा राम्रोसँग चलेको छ । अहिले क्याप्टेनको समस्या छ । त्यो समस्या समाधान भएको छ । पाटपुर्जाको समस्या र क्याप्टेनको समस्या हो ।

चिनियाँ जहाज चलाउन सकिन्छ भन्ने विश्वास छ ?

जहाज खरिद गरेपछि नचलाउने कुरा हुँदैन । फाल्न भएन । बाहिर आएजस्तो हल्ला होइन । यसको इन्जिन अमेरिकामा बनेको हो । ककपिटको सामान युरोपमा बनेको हो । मुख्य समस्या भाषाको भएको छ । अहिले चीनको टिम आएर बसेको छ । उनीहरुले पनि इज्जतको इस्यु बनाएका छन् । अहिले दुईवटा ल्याउन बाँकी छ । पाइलटको समस्या समाधान भएपछि हामीले चिनियाँ जहाज ल्याउने हो ।

चिनियाँ जहाजले हाम्रो लगानी अनुसार प्रतिफल दिन्छ ?

यसमा हिसाब गर्दा बाहिर हल्लाभन्दा उल्टो आयो । चिनियाँ जहाज खरिद गर्दा हामीलाई कम लागत परेको छ । त्यही जहाज युरोप,अमेरिका र क्यानडामा किनेको भए यसको दोब्बर लागत पर्ने थियो । त्यसको लगानीलाई हिसाब गर्दा चिनियाँ जहाज चलाउदा यो सेतो हात्ति होइन । खैरो हात्ति हो । केही थाह नभएको व्यक्तिले पनि हल्ला चलाएका छन् ।

निगमले पुरानो बोइङ बिक्री गर्न लागेको छ, कहिलेसम्ममा बिक्री होला ?

सात आठ वर्षअघि म यहाँ आउँदा एब्ब्रो भन्ने जहाज थन्केर बसेको थियो । हामीलाई त्यो जहाज कसैले उठाएर लगे पनि फाइदा हुनेथियो । यस्तै विवाद हुने भएर हामीले स्वीजरल्याण्डबाट परामर्शदाता नियुक्त गरेका थियौं । उसले १७ करोड रुपैयाँ मुल्यांकलन गरेको थियो । बोलपत्र आह्वान गर्दा एउटा मात्र आवेदन पर्यो । तर, हामीकहाँ मिति सकिएपछि आयो । यो अब नेगोसिएनमा बिक्री गर्ने हो ।

निगमको प्राथमिकता अब एयरबस होइन ?

यो संसारभर नै वायुसेवा कम्पनीले एउटै जहाज चलाउने हो । हामीसँग २५ देखि ३० वटा जहाज नहुँदासम्म एयरबस मात्र चलाउने हो ।

प्रस्तुतिः आशीष ज्ञवाली/अनुजराज

फोटोः हरि गजुरेल


पुष्प दुलाल