योगाले यसरी लिदैछ उद्योगको रुप, बार्षिक ८० खर्बको कारोबार



आज विश्व योग दिवस । संसारभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । स्वस्थ जीबनयापनको लागि योगा आवश्यक छ ।

अहिले योग पनि विश्वमा उद्योगको रुपमा विकास हुन थालेको छ । योग उद्योग ८० खर्ब रुपैयाँको पुगेको छ । भारत तथा नेपालमा योगले अझै पनि औपचारिक रुपमा उद्योगको मान्यता पाएको छैन । भारतमा अहिले वेलनेस इन्डष्ट्री करिब ५० अर्ब भारतीय रुपैैयाँको उद्योग बनेको छ ।

भारत सरकारको मेक इन इन्डियाको रिपोर्ट अनुसार विश्वको योग उद्योग करिब एक सय खर्ब रुपैयाँको छ । जसमा अमेरिकाको मात्र हिस्सा १७ खर्ब रुपैयाँभन्दा बढीको छ ।

योगको लोकप्रियता अहिले अमेरिका र युरोपमा व्यापक बढेको छ । भारतीय बाणिज्य एबम् उद्योग महासंघ (फिक्की) को एउटा रिपोर्ट अनुसार आगामी चार वर्षमा भारतीय वेलनेस उद्योगको बृद्धिदर १२ प्रतिशत हुन्छ । सन् २०१९/२० सम्ममा यसको कारोबार डेढ लाख करोड भारतीय रुपैयाँसम्म पुग्ने छ ।

योगसम्म सम्बन्धित सामाग्रीको उत्पादन गर्ने कम्पनी रजिया मार्केटाइजिङका प्रोपाइटर अब्बास मेथ्रीका अनुसार उनको कम्पनीको कारोबार २५ करोड भारतीय रुपैयाँको हाराहारीमा छ । कम्पनीले उत्पादन गर्ने ९० प्रतिशत सामाग्री अमेरिका र युरोपमा निर्यात हुन्छ ।

फिक्की अनुसार अहिले भारतमा वेलनेस उद्योग आइटीपछि दोस्रो नम्बरमा छ । आगामी चार वर्ष भित्रमा यो एक नम्बरमा पुग्ने छ । जसमा ५० प्रतिशत हिस्सा योगको हुने छ ।

योगको बढ्दो मागसँगै योग सिकाउने प्रक्षिक्षकको मागपनि ३५ प्रतिशतले बढेको छ । बैंङलोर,पुणे, मुम्बईमा योगा स्टुडियोको संख्या बढेको छ । एक रिपोर्ट अनुसार योगा सिकाउने प्रशिक्षकको माग बार्षिक ३० देखि ३५ प्रतिशतसम्म बढेको छ ।

तथ्यांक अनुसार अहिले विश्वमा ३ लाख योग प्रशिक्षकको कमी छ । युरोप र अमेरिकामा योग प्रशिक्षकहरु चीन, भारतबाट जाने गर्छन् । यसले रोजगारीको नयाँ अवसर पनि सिर्जना गरेको छ ।

दुई वर्ष अगाडि दिल्लीस्थित मोरारजी देसाई नेशनल इन्सिच्युट अफमा योगको कोर्स गर्ने विद्यार्थीको अभाव हुन्थ्यो । अहिले भर्ना हुनको लागि मुस्किल पर्छ । योग प्रशिक्षकको उत्पादन रामदेवको पतन्जली आयुर्वेद केन्द्र मार्फत हुँदै आएको छ ।

रामदेवले गरे योगलाई ग्लोबलाइजेशन

योगको बारेमा पूर्वीय दर्शनमा प्राचिनकालदेखि व्याख्या गरिएको छ । पूर्वीय दर्शनमा योगको कुरा लेखिएपनि योग भने ओझेलमा थियो ।

योगलाई ग्लोबलाइजेशन गर्ने काम भने योगगुरु रामदेवले गरेका हुन् । रामदेवले योगलाई उनको च्यानल आस्था मार्फत हरेकका घरमा पुर्याए ।

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएर आएपछि जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउन थालियो । मनी भाष्करबाट


क्लिकमान्डु