नेप्से बढ्यो कारोबार घट्यो



 

काठमाडौं । बुधबार नेप्से ३.६२ को झिनो अंकले बढेकोे छ । तर, कारोबार रकमले भने ५० करोड रुपैंयाँ पनि नाघ्न सकेन । १५२ कम्पनीको ८ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ४६ करोड ७५ लाख रुपैंयाँको मात्र कारोबार भएको छ ।

बुधबार कारोबार रकमका हिसाबले सबैभन्दा बढि एभरेष्ट बैंकको कारोबार भएको छ । जम्मा ४६ करोड रुपैंयाँको कारोबार हुँदा एभरेष्टको मात्र ४ करोड १० लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा स्ट्यान्डर्ड चार्टड बैंकको २ करोड १८ लाख र तेस्रोमा लुम्बिनी जनरल इन्स्योरेन्सको २ करोड रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरु केही बढेका छन् भने केही घटेका छन् । बैंकिङ ४.५३, होटल ६.६९, बिकास बैंक ३.१६ र बीमा ३२.०३ अंकले बढेका छन् भने जलबिद्युत १.५३, बित्त १.४६, उत्पादन ८.०२ र अन्य १.१६ अंकले घटेका छन् ।

बुधबार सबैभन्दा बढि फर्वाड कम्युनिटिको सेयर मुल्य ६.०१ प्रतिशतले बढेको छ । दोस्रोमा कर्णाली बिकास बैंकको सेयर मुल्य ४ प्रतिशतले बढेको छ ।

हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा बढि ७.५ प्रतिशतले घटेको छ । यसैगरी सेन्ट्रल फाइनान्सको ५.११ र रिलायन्स फाइनान्सकोे ४.१० प्रतिशतले सेयर मुल्य घटेको छ ।


पुष्प दुलाल