सेयर बजारमा अबसरः ३३ लाख कित्ता सेयर लिलामीमा



काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुलाई लगानीको ठूलो अबसर आएको छ । विभिन्न कम्पनीहरुले निष्काशन गरेको हकप्रद सेयर बिक्री नभएपछि ३३ लाख कित्ता बराबरका हकप्रद सेयर लिलामीमा राखिएको छ ।

लिलामीमा राखिएको सेयरको मूल्य बोलकबोलबाट निर्धारण हुन्छ । लिलामीमा राखिएको सेयरको मूल्य कम्पनीको अहिलेको बजार मूल्यभन्दा कममै बोलकबोल हुने गर्छ ।

यसरी लिलामीमा राखिएको सेयरको मूल्य बजार मूल्यभन्दा कम हुने भएकाले लगानीकर्ताहरुका लागि यो निकै राम्रो अवसर हो ।

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन अधिकतम हकप्रद सेयर बिक्री गरेका थिए । बिक्री खुल्ला गरिएको करोडौं कित्ता हकप्रद सेयरमध्ये झन्डै १ करोड कित्ताका लागि आवदन नै नपरेको अनुमान गरिएको छ ।

बिक्री नभएको हकप्रदलाई बैंक तथा वित्तीय संस्था एवं नेप्सेमा सूचिकृत अन्य कम्पनीहरुले लिलामीमार्फत बिक्री गर्न सार्वजानिक सूचना प्रकाशित गरेका हुन् ।

यसरी लिलामीमा राखिएको सेयरको मूल्य बोलकबोलबाट निर्धारण हुन्छ । लिलामीमा राखिएको सेयरको मूल्य कम्पनीको अहिलेको बजार मूल्यभन्दा कममै बोलकबोल हुने गर्छ ।

यसअघि कृषि विकास बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनआइसी एसिया बैंकलगायतमा पनि बजार मूल्यभन्दा धेरै कम मूल्यमा बोलकबोल भएको थियो ।

कुन कम्पनीको सेयर लिलामी कहिले ?

एनआइसी एसिया बैंकः यो बैंकले बैंकको असार १ देखि ८ गतेसम्म २ लाख ९८ हजार ५ सय ३६ कित्ता साधारण सेयर बिक्रीका लागि लिलामीमा राखेको छ । यो बैंकले लिलामीमा राखेको सेयर किन्न चाहनेहरुले बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटलमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

सानिमा बैंकः यो बैंकले पनि सर्बसाधारणतर्फका २ लाख ११ हजार ४७ कित्ता सेयरको लिलामीमा राखेको छ । बैंकले असार १५ गतेदेखि २२ गतेसम्मका लागि सेयर लिलामीमा राखेको हो । यो बैंकले लिलामीमा राखेको सेयर किन्न बिक्री प्रबन्धक सिआईबीएल क्यापिटलमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकः यो बैंकले हकप्रद सेयर निष्काशन गर्दा बिक्री नभएको ८ लाख ५७ हजार ४३७ कित्ता सेयर १४ देखि २१ गतेसम्म लिलामीमा रखेको छ । बैंकको सेयर किन्न बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

नेपाल बंगलादेश बैंकः यो बैंकले पनि हकप्रदमा नबिकेको ९ लाख ८८ हजार १ सय २० कित्ता सेयर असार १४ देखि २१ गतेसम्म लिलामीमा राखेको छ ।

यो बैंकको सेयर किन्न बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

सिटिजन्स बैंकः यो बैंकले असार १५ देखि २१ गतेसम्मका लागि संस्थापकतर्फको १ लाख ९९ हजार ३ सय १३ र सर्वसाधारणतर्फको ४ लाख २० हजार ४ सय ९० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ । यो बैंकले लिलामीमा राखेको सेयर किन्न बिक्री प्रवन्धक सानिमा क्यापिटलमा समपर्क राख्नुपर्ने हुन्छ ।

नेपाल बैंकः यो बैंकले सर्वसाधारणतर्फको १ लाख ८९ हजार ६ सय २९ कित्ता सेयर लिलामीबाट बिक्री गर्दैछ । असार १३ देखि १९ गतेसम्म बिक्री प्रवन्धक सिभिल क्यापिटलमा सम्पर्क गरेर बैंकले लिलामी गरेको सेयर किन्न सकिने छ ।

टुरिजम डेभलपमेन्ट बैंकः यो बैंकले संस्थापकतर्फको ४ लाख ३८ हजार २ सय र सर्वसाधारणतर्फको २ लाख ६६ हजार ५ सय ३७ कित्ता सेयर लिलामी राखेको छ । बैंकले लिलामीमा राखेको सेयर किन्न असार ७ देखि १५ गतेसम्म बिक्री प्रवन्धक एनआइबिएल क्यापिटलमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

डिप्रोक्स लघुवित्त विकास बैंकः यो लघुवित्तले सर्वसाधारणतर्फको १५ हजार ९ सय ६९ कित्ता सेयर लिलामीमा राखेको छ । असार ४ देखि ११ गतेसम्म बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गरी यो बैकले लिलामीमा राखेको सेयर किन्न सकिने छ ।


पुष्प दुलाल