जगदम्बा स्टिलद्वारा नेपाली तेक्वान्डो खेलाडीहरुलाई विजयी शुभकामना सहित बिदाई



काठमाडौं । जगदम्बा स्टिलले नेपाली तेक्वान्डो खेलाडीलाई विजयी शुभकामना सहित बिदाई गरेको छ । स्टिलले जून २४ देखि जुलाई ७ तारिखसम्म कोरियामा हुन गइरहको वल्र्ड टेक्वान्डो च्याम्पियनसिप, तेस्रो एसिएन पारा तेक्वान्डो च्याम्पियनसिप र छुन्चेन, कोरियन ओपन इन्टरनेस्नल च्याम्पियनसिपका लागि कोरिया प्रस्थान गर्न लागेका राष्ट्रिय तेक्वान्डो खेलाडीलाई विजयी शुभकामना सहित बिदाई गरेको हो ।

ललितपुर महानगरपालिकामा आयोजित शुभकामना तथा बिदाई कार्यक्रमका ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सहभागी खेलाडीहरु तथा प्रशिक्षकहरुलाई खादा ओढाई शुभकामना गरेका थिए ।


पुष्प दुलाल