५ अंकले बढ्यो नेप्से, ६७ करोडको कारोबार




काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक ४.८ अंकले बढेको छ । ४.८ अंकको वृद्धिसँगै नेप्से परिसुचक १५५९.४९ अंकमा अडेको छ ।

आज नेप्सेमा १ सय ३९ कम्पनीका १५ लाख ७७ हजार ७ सय ७ कित्ता सेयर किनबेच भएका छन् । ६७ करोड १८ लाख १९ हजार ८ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार बीमा समूह बाहेक सबै उपसमूहका परिसुचक हरियो भएका छन् । बीमा ३३.७५ अंकले घटेको छ ।

बैंकिङ ६.०१, होटल १९.८६, विकास बैंक ११.३६, जल विद्युत १२.७३, वित्त ३.८४, उत्पादन मुलक ३.४९ र अन्य ०.२९ अंकले बढेका छन् ।

आज यूनाइटेड फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतले कमाएका छन् । यस्ते, एभरेष्ट बैंकका लगानीकर्ताले ४.७० प्रतिशतले कमाएका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४९ प्रतिशतले गुमाएका छन् । यस्तै एभरेष्ट बैंक प्रमोटर सेयर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.४१ र ४.१ प्रतिशतले गुमाएका छन् ।

 


पुष्प दुलाल