गरिमा विकास बैंकको शाखा कलंकीमा



काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको कलंकीमा शाखा कार्यालय स्थापना गरेको छ । बुधबार बैंकले कलंकीमा ४६ औं शाखा स्थापना गरेको हो ।

शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका विकास बैंक सुपरिबेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले गरेका छन् ।

निरौलाले बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत सुशासनभित्र रही कार्य गरेमा बैंकिङ क्षेत्रको जोखिम न्युनीकरण हुनुका साथै, यस क्षेत्रप्रतिको विश्वसनियता समेत बृद्धि भई स्वतः व्यापार बढ्ने बताए ।

 

 


पुष्प दुलाल