एनआइसी एसिया बैंकमा ऋण माग्नुभएको छ ? फाइल के हुँदैछ, घरबाटै थाहा पाउन सकिने



काठमाडौं । तपाईंले एनआइसी एसिया बैंकमा ऋण माग्दै आवेदन दिनु भएको छ भने तपाईको फाइल के भइरहेको छ भन्ने कुरा अब तपाईंले घर बसिबसी थाहा पाउनुहुने भएको छ । त्यसका लागि बैंकले ‘कञ्जुमर रिटेल लोन ट्र्याकिङ सिस्टम’ सुरु गरेको छ ।

बैंकबाट रिटेल लोन लिनका लागि आवेदन दिने ग्राहकलाई लक्षित गर्दै बैंकले यो योजना सुरु गरेको हो । बैंकमा रिटेल ऋणका लागि आवेदन दिएका आवेदकहरुले अब हरेक चरणको अपडेट हेर्न सक्नेछन् ।

सीआरएलटीएस प्रविधि प्रयोग गरेर बैंकले एसएमएसमार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको अबस्थाबारे जानकारी दिने छ । बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्दछन् ।

ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने छ ।


पुष्प दुलाल